Comments Add Comment

चैत २४ बाट सिटिजन्स बैंकको हकप्रद

९ चैत, काठमाडौं । सिटिजन्स बैंकको चैत २४ गतेदेखि बैशाख २७ गतेसम्म हकप्रद सेयर बिक्री खुला हुने भएको छ । बैंकले १० बराबर २.५ कित्ता सेयरको अनुपातमा हकप्रद जारी गर्न लागेको हो ।

फागुन २४ गतेसम्म सेयर स्वामित्व भएकाहरुले मात्र बैंकको सेयरमा लगानी गर्न पाउँने भएका छन् । बैंकको सेयरमा सीआइबीएल क्यापिटल, सानिमा क्यापिटल र बैंकको शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने छ ।

बैंकको हकप्रद सेयर जारी पछि चुक्ता पुँजी ६ अर्ब ९२ करोड रुपैयाँ पुग्नेछ । बैंकले चालु आव अन्त्यसम्ममा चुक्ता पुँजी ८ अर्ब पुयाउँनु पर्नेछ । बैंकले हकप्रद जारीबाट उठ्ने रकम मध्ये ४ करोड रुपैयाँको सरकारी ऋणपत्र किनने, ६९ लाख रुपैयाँबाट शाखा बिस्तार गर्ने, २ करोड ११ लाख घरजग्गा कर्जामा, २ करोड ९३ लाख ओभरड्राफ्ट कर्जा लगायतमा लगानी गर्ने उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment