Comments Add Comment

‘एकता र आशा युएस यात्रा-२०१७’ लिएर आनी छोइङ अमेरिका आउँदै

वाशिंगटन डिसी । ख्यातिप्राप्त नेपाली गायिका तथा युनिसेफकी सद्भाव दूत आनी छोइङ युनिटी एण्ड होप युएस टूर-२०१७ (“एकता र आशा युएस यात्रा -२०१७) नामक सांगीतिक कार्यक्रम लिएर अमेरिका आउने भएकी छन् ।

वाशिंगटन डिसी क्षेत्रमा स्थापना भएकोसंस्था घइ इन्टरटेनमेन्टले आनी छोइङको कार्यक्रम गर्नेछ । आनीले जुन ३ देखि २५ सम्म अमेरिकाको विभिन्न राज्यहरुमा एकल गायन तथा प्रस्तुति दिनेछन् ।

आयोजकका अनुसार हालसम्म लस एन्जेलस, सन फ्रान्सिस्को, सियाटल, ओरेगन, बोस्टन तथा वाशिंगटन डिसीमा आनीको कार्यकम हुने तय भइसकेको छ । बिदेशी तथा नेपाली दुवै समुदायलाई लक्षित गरी कार्यक्रम गरिने छ ।

गत बर्ष २०१६ मा डिसीमा आनी छोइङको कार्यक्रम भिन्तुना अन्तर्राष्ट्रियले आयोजना गरेको थियो भने यस पटक घई इन्टरटेनमेन्टले आयोजना गर्ने भएको छ ।

भिन्तुनाकै अङ्ग रहेको घइ (इनकरेज, इङ्गेज र इमपावर) इन्टरटेनमेन्टको मूख्य लक्ष्य प्रोत्साहन, संलग्न तथा सशक्तीकरण गर्नुको साथै नेपाली कलाकार, संगीत, संगीतकार, चलचित्र कलाकार तथा उदाउँदै गरेका प्रतिभाशाली सबैलाई अमेरिका तथा क्यानडामा अवसर प्रदान गर्दै प्रवर्धन गर्नु को साथै मञ्च उपलब्ध गराउनु रहेको छ ।

एसियाली मुलुकमा माथिल्लो दर्जामा पुगेकी आनी छोइङ चीनमा अत्यधिक चर्चामा छिन् । नेपालमा सञ्चालनमा रहेका आनीका परियोजनाहरु आरोग्य फाउण्डेसन, आर्य तारा पाठशाला लगायत अन्यलाईसमेत सहयोग मिल्न सकोस भन्ने हेतुले युनिटी एण्ड होप युएस टुर-२०१७ को आयोजना गरिएको आयोजकले बताएका छन् ।

आनीका लोकपि्रय गितहरु फुलको आँखामा फुलै संसार, बटुवा हो बटुवा, जय होस् तिम्रो मंगल होस्, ओम माने पेमे, ओम तारे, हुन्छ मलाई बिहान त्यो क्षण, इच्छा मेरो, हे भगवान जस्ता रहेका छन् ।

कार्यक्रमका लागि न्ह्यु बज्राचार्य, रमण महर्जन तथा गोपाल रसाईली पनि आनीको साथमा आउनेछन् । आनीले गत बर्ष २०१६ मार्च २० मा राष्ट्रसंघ न्युयोर्कमा आध्यात्मिक गीत सुनाएकी थिइन । उनलाई संयुक्त राष्ट्रसंघको महासभामा ‘गेष्ट अफ अनर पर्फमर’का रुपमा निम्त्याइएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment