Comments Add Comment

एनबी इन्स्योरेन्सको १: १ अनुपातमा हकप्रद दिने, पायो ग्रेड फोर रेटिङ


९ चैत, काठमाडौं । एनबी इन्स्योरेन्सले १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले इक्रा नेपालबाट ग्रेड फोर रेटिङ पाएको छ । यसले समग्र वित्तीय अवस्थाको आधारमा कम्पनीको आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

सकारात्मक पक्ष

५ वर्ष यताकै उच्च प्रिमियम आम्दानी
(बीमा सकितिको कारवाही अघि कम्पनीको बजार हिस्सा मात्रै २ प्रतिशत)
बैंकिङ क्षेत्रसँग सम्बन्ध रहेका नयाँ संस्थापकहरुले यसबाट व्यवसाय बिस्तारमा लाभ उठाउन सक्ने (बैंकासुरेन्स सन्दर्भमा)
२०१६ सम्म बीमाको प्रत्याभुतीमा कम्पनीलाई २ करोड ८० लाख नाफा
कम्पनीको लगानीमा वृद्धि भएर २४ करोड ८० लाख
व्यवसायमा पुनरोदय गर्दै कम्पनी
२०१६ अन्त्यमा ७० करोड सम्पत्ती भएको कम्पनीको नाफा ३ करोड
नेपाल पुनर बीमा कम्पनीबाट लाभांश पाएसंगै नाफा ३ करोड ८० लाख

नकारात्मक पक्ष

२/३ वर्षयता लाभाँश भुक्तानी क्षमता कमजोर
मध्य अक्टुवर २०१६ सम्म १५ करोड नोक्सानमा
नोक्सान अझै उच्च, कम्पनीको व्यवसाय बराबर
नेटवर्थ घट्नाले सोलभेन्सी दर कमजोर
हाल उठाइने पुँजीले कम्पनीको अवस्था केही हदसम्म सुधार हुने भएपनि, पुँजी आधार बलियो बनाउन थप पुँजी उठाउने वा आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने सम्भावना
बजारको नयाँ खेलाडी

अन्य जानकारी

मोटर बीमा र अग्नि बीमा नै प्राथमिकतामा
एनबी समूहको १५ प्रतिशत सेयर स्वामित्व बाँकी
आइएमइ समूहको लगानी ४३ प्रतिशत
लक्ष्मी समूहको ७ प्रतिशत
लोमस फर्मास्युटिकल्सको ५ प्रतिशत
नेपाल बंगलादेश बैंकको १० प्रतिशत सेयर स्वामित्व

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment