Comments Add Comment

वाणिज्य बैंकका सीईओको कमाइः मासिक ६ लाखदेखि १२ लाखसम्म

इन्भेष्टमेन्ट बैंकका पाण्डेको तलब सबैभन्दा धेरै

बार्षिक प्रतिवेदनमा उल्लेखित सीईओको नामलाई आधार मानेर तयार पारिएको, हाल केही बैंकमा सीईओ परिवर्तन भएका छन् ।

९ चैत, काठमाडौं । जागिर खाएर धेरै कमाइ हुँदैन भन्ने मानसिकता अधिकांश मानिसहरुमा पाइन्छ । उनीहरुले मासिक तलव थाप्ने जागिरमा भन्दा व्यापार व्यवसायमा आफ्नो भविश्य राम्रो देख्ने गर्छन् । तर, नेपालमा यस्ता जागिरेहरु पनि छन्, जसले महिनामै लाखौं रुपैयाँसम्म कमाइरहेका छन् ।

बीमा कम्पनीमा कार्यरत उच्च कोटीका अभिकर्ता, चार्टर्ड एकाउन्टेन्ट र बैंकका सीईओ अर्थात् प्रमुख कार्यकारी अधिकृतहरुको लाखौं रुपैयाँको मासिक तलबलाई हेर्ने हो भने कुनै सानोतिना व्यवसायीले यी जागिरेहरुसँग आफूलाई तुलना नगरे हुन्छ ।

नेपालमा हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतको तलबमान मासिक न्युनतम ६ लाखदेखि अधिकतम १४ लाखसम्म छ । यो कमाइ बार्षिक ८३ लाखदेखि बार्षिक १ करोड ९१ लाखसम्म पुग्छ ।

एक समय बैंकलाई बढी नाफा गराउन सक्ने मानिएका प्रमुख कार्यकारी अधिकृतहरुलाई बैंकहरुले तान्ने लहर नै चलेको थियो । गत वर्ष भने यसमा केही स्थिरता आएको थियो । यद्यपि एकाधमा भने अझैसम्म अदला बदली रोकिएको छैन ।

०७२/७३ को बार्षिक वित्तीय विवरणमा १७ वटा वाणिज्य बैंकहरुमध्ये १५ बैंक (स्ट्याण्डर्ड चार्टर्ड र एसबीआई बाहेक) का प्रमुख कार्यकारी अधिकृतको तलब उल्लेख छ । यसमा सबैभन्दा धेरै तलब बुझ्नेमा नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती पाण्डे छन् ।
पाण्डेको बैंकले सम्पूर्ण १ हजार ५ कर्मचारीका लागि ५६ करोड ९७ लाख खर्च गरेको छ । तर, यसमध्ये पाण्डे एक्लैलाई बैंकले कुल कर्मचारी खर्चको ३.३६ प्रतिशत अर्थात् १ करोड ९१ लाख खर्चिएको छ । बाँकी १ हजार ४ कर्मचारीको प्रतिव्यक्ति औषत तलवको तुलनामा पाण्डेको तलब ३४ गुणा बढी छ ।

वाणिज्य बैंकहरुले प्रमुख कार्यकारीका लागि कुल खर्चको न्युनतम १.२४ प्रतिशतसम्म खर्च गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृतले मासिक ६ लाखदेखि अधिकत्तम १४ लाखसम्म पाउँदा बाँकी रहने कमचारीको औषतमा बार्षिक तलब भने ४ लाख २३ हजार देखि ९ लाख ३६ हजार रुपैयाँसम्म हुने गरेको छ ।

बैंकका प्रमुख कार्यकारी पछि उच्च तलब पाउँने नायबहरुसहितको खर्चको आधारमा औषत खर्च यस्तो देखिएको हो । यो वर्ग पनि हटाउने हो भने औषत तलब अझै कम हुने देखिन्छ ।

औषत कर्मचारी खर्चको तुलनामा इन्भेष्टमेन्टका पाण्डेपछि मेगा बैंकका अनिलकेशरी शाह र सिटिजन्स बैंकका राजनसिंह भण्डारीको तलब गुणत्मक रुपमा धेरै छ । दुबै सीइओ औषत कर्मचारी खर्चको लगभग ३० गुण बढी तलब बुझ्छन् ।

सानिमा बैंकका भुवन दाहाल एनएमबी बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्यालको तलब पनि औषत कर्मचारीको तुलनामा क्रमशः २४ र २३ गुणा धेरै छ ।

कर्मचारीहरुको खर्च तुलना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment