Comments Add Comment

पुनर्निर्माणमा खटिएका २०० इन्जिनियरले राजीनामा दिए

९ चैत, काठमाडौं । भूकम्पपछि पुनर्निर्माणमा खटिएका झण्डै २०० इन्जिनियरहरूले राजीनामा दिएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत (सीईओ) डा. गोविन्दराज पोखरेलका अनुसार राजीनामा दिने इन्जिनियरहरुको संख्या झण्डै २०० पुगेको छ ।

ग्रामिण क्षेत्रमा बनेका घरहरु मापदण्ड पूरा नगरेको तर, त्यसलाई स्वीकृत गर्न दबाव आएको भन्दै इन्जिनियरहरुले राजीनामा दिएका हुन् ।

प्राधिकरणका सहायक प्रवक्ता भिष्म भुसालका अनुसार यसरी राजीनामा दिने इञ्जिनियरहरुको संख्या हरेक दिन बढिरहेको छ ।

सरकारले पुनर्निर्माणको काममा खट्ने इञ्जिनियरहरुलाई अफिसर सरहको तलबभत्ता र ७५ प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो । तर पनि काम छोडेर जाने क्रम नरोकिएको भुसालले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

यही अवस्थामा राख्ने हो भने पुनर्निर्माण प्राधिकरण भङ्ग गरे हुन्छः सीईओ पोखरेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment