Comments Add Comment

कपिलको आम्दानी ३४१ प्रतिशतले बढ्यो, सलमान र दीपिकाले तिरे धेरै कर


नायिका दीपिका पादुकोणले गतबर्ष एउटा मात्र हलिउड चलचित्रमा काम गरिन् । हलिउड चलचित्रमा मात्र काम गर्दा पनि दीपिका सबैभन्दा धेरै कर तिर्ने नायिका बनेकी छिन् ।

यो सूचीमा दीपिकाले गत बर्ष ३ वटा हिट चलचित्र दिएकी नायिका आलिया भट्टलाई समेत पछि पारेकी छिन् । दीपिकाले मार्च १५ सम्म एड्भान्स कर १० करोड तिरेकी छिन् । यो सूचीमा नायिका आलिया भट्टको नाम दोश्रो स्थानमा छ, जसले ४.३ करोड ट्याक्स तिरेकी छिन् ।

यस्तै, नायिका करिना कपुरले पनि सन् २०१६-२०१७ का लागि एड्भान्स कर ३.९ करोड तिरेकी छिन् । इन्डिया टूडेका अनुसार, साहरुख खान, अमिताभ बच्चन, ऐश्वर्या राय जस्ता कलाकारको एडभान्स ट्याक्सको बिषयमा इनकम ट्याक्स डिपार्टमेन्टले कुनै पनि जानकारी दिन मानेको छैन । उनीहरुको बिषयमा जाँच भैरहेको र उनीहरु पनामा पेपर लिक केसमा फसेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यता, नायकतर्फ सलमान खानले ४४.५० करोड एड्भान्स ट्याक्स तिरेका छन् । यस्तै, नायक अक्षय कुमारले २९ करोड, ऋतिक रोशनले २३ करोड, आमिर खानले १४ करोड एड्भान्स ट्याक्स तिरेका छन् । कमेडियन कपिल शर्माले २३ करोड ट्याक्स तिरेको मिडियामा उल्लेख छ । गतबर्षको भन्दा यसबर्ष कपिलको आम्दानी ३४१ प्रतिशतले बढेको देखिएको छ । उनले गतबर्ष ७ करोड एड्भान्स ट्याक्स तिरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment