९ चैत, चितवन । चितवनमा पहिलोपटक सिमि्रक एयरलाईन्स पनि आफ्नो उडान सुरु गरेको छ ।
हवाई यात्रामा जाने ग्राहक वर्गहरुको चाहानालाई मध्यनजर गर्दै चितवनमा दैनिक एक उडान गर्ने गरी बुधबारदेखि औपचारिक उडान सुरु गरेको सिम्रिकको बजार निर्देशक डीबी रानाले जानकारी गराए ।
बिहान १०ः१० बजे काठमाडौंबाट पहिलो उडान भरि चितवनमा आएको थियो । चितवनमा बुद्ध एयर र यति एयरलाईन्सले उडान भर्दै आएको थिए ।
पछिल्लो पटक नारायणगढ-मुग्लिन सडक खण्डको समस्याले गर्दा हवाई उडान गर्नेको संख्यामा झण्डै ५० प्रतिशतले वृद्धि भएको भरतपुर विमानस्थल जनाएको छ । सिम्रिकको उडान चितवनमा आएसँगै टिकट नपाउने समस्या हिँड्ने यात्रुहरुको भनाइ छ ।
चितवनमा अहिले मासिक १६ हजार यात्रुले हवाइमार्ग प्रयोग गरिरहेका भरतपुर विमानस्थलका कार्यालय प्रमुख शिव उपाध्यायले बताए ।
भरतपुर विमानस्थलबाट अहिले दैनिक रूपमा सातवटा तालिका छ । जसमा तीन वटा यति एयरलाइन्स र चार बुद्ध एयरलाइन्सका उडान रहेका छन् ।
यसअघि मैघौलीमा रहेको विमानस्थल चलाए पनि त्यहाँ मात्रै चाटर उडान हुने उनले बताए ।