९ चैत, काठमाडौं । सिभिल बैंकको बुधबार बसेको सञ्चालक समितिले २.८८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।
बैंकले कर प्रयोजनको लागि ०.१५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत र बैंकको सभाबाट पारित हुन बाँकी छ ।