Comments Add Comment

कञ्चनपुर गोलीकाण्डबारे छानविन गर्न संसदीय समिति घटनास्थलमा

९ चैत , कैलाली । कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकामा पर्ने नेपाल भारत सीमा बिवादका क्रममा भएको गोलीकाण्डबारे छानविन गर्न संसदीय टोली घटनास्थल पुगेको छ ।

संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले सीमा बिवादमा भारतीय सीमा सुरक्षा बलको गोली लागेर ज्यान गुमाएर शहीद गोविन्द गौतमको परिवारसँग भेट गरेको छ ।

टोलीले फागुन २६ गते भएको घटनाका बारेमा स्थलगत निरीक्षण गरी घटनाका गम्भीर घाइते टिकाराम चापागाईंसँग पनि भेट गरेको छ ।

सामाजिक न्याय तथा मानव अधिकार संसदीय समितिका धन बहादुर रायमाझीको संयोजकत्वमा ६ सदस्यीय छानबिन टोलीले शहीद गौतमलाई गोली लागेको ठाउँ, कल्भर्ट निर्माण भएको ठाँउ र सीमा क्षेत्रको स्थलगत अवलोकन पनि गरेको छ ।

संसदीय टोलीका संयोजक सांसद धनबहादुर रायमाझीले शहीद परिवारलाई भेटेर समबेदना प्रकट गर्दै राज्यले घोषणा गरेको राहत प्याकेज छिटोभन्दा छिटो उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गर्ने बताए ।

संसदीय समितिको टोलीले घाइते तथा तिनका परिवारलाई भेटेर उपचारको सम्पूर्ण जिम्मा सरकारको रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउने बताए ।

संसदीय समितिको टोलीका अन्य सदस्यहरुमा सांसद कमला सुवेदी, सांसद प्यारेलाल राना, सांसद राममाया बोगटी, व्यावस्थापिका संसद सचिवालय उप सचिव सञ्जय दाहाल र व्यवस्थापिका संसद नायब सुब्बा पुणेन्द्र पाण्डेय छन् ।

सुदूरपश्चिमेली मकाउ समाजद्धारा शहीद गौतमका परिवारलाई आर्थिक सहयोग

यसैबीच शही गौतमका परिवारलाई मकाउमा रहेका नेपालीहरुले संकलन गरेको आर्थिक सहयोग बुधबार हस्तान्तरण गरिएको छ ।

मकाउबाट सहयोग रकम लिएर आएका सुदुरपश्चिमेली मकाउ समाजका संयोजक पदमसिंह पन्तले शहीद पत्नी लक्ष्मी गौतम तथा आमा हरिदेवी गौतमलाई नगद ४० हजार राहत सहयोग रकम हस्तान्तरण गरे ।

होलि खेलेर उठाएको रकम कञ्चनपुरमा भारतीय एसएसबीको गोलिबाट सहादत प्राप्त गौविन्द गौतमको पारिवारिक स्थिति सञ्चारमाध्यमबाट जानकारी पाएपछि सहयोग गर्न आएको सुदुरपश्चिमेली मकाउ समाजका संयोजक पदम सिंह पन्तले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment