Comments Add Comment

अष्ट्रेलिया अवार्ड्स स्कलरसिप सकेर आएकाहरुलाई काठमाडौंमा स्वागत

९ चैत, काठमाडौं । अष्ट्रेलिया अवार्ड्स स्कलरसीप पुरा गरेर अष्ट्रेलियाबाट हालै फर्किएका २७ पूर्वविद्यार्थीहरुलाई काठमाडौंमा आयोजित एक कार्यक्रममा स्वागत गरिएको छ ।

अर्थ मन्त्रालयका उपसचिव डा. रामप्रसाद मैनाली र काठमाडौंस्थित अष्ट्रेलियन राजदूतावासकी विकास सहकार्य प्रमुख एनस्लेइ हेम्मिङले ‘वेल्कम होम एन्ड रिइन्ट्रिगेसन वर्कसप’ मा उनीहरुलाई औपचारिक स्वागत गरेका हुन् ।

अष्ट्रेलिया अवार्ड्स भनेका अष्ट्रेलिया सरकारको लगानीमा सञ्चालित प्रतिष्ठित अन्तर्राष्ट्रिय छात्रवृत्ति तथा फेलोसिपहरु हुन् । यसले विश्वव्यापी नेताहरुको भावि पुस्तालाई अष्ट्रेलियामा अध्ययन, अनुसन्धान र व्यवसायिकता विकासका लागि अवसर प्रदान गर्छ । अष्ट्रेलिया अवार्ड्स स्कलरसिप्स इन नेपालको अर्को सत्रका लागि आवेदनहरु खुलिसकेको र ३० अप्रिलदेखि बन्द हुने दूतावासले जनाएको छ ।

हालै फर्केका पूर्वविद्यार्थीहरुलाई सम्वोधन गर्दै उपसचिव डा. मैनालीले अष्ट्रेलियामा सिकेको सीप र ज्ञानहरुलाई नेपालको विकासका लागि सदुपयोग गर्न आग्रह गरे । दूतावासकी हेेम्मिङले अष्ट्रेलिया अवार्ड्सको लक्ष्य हासिल गर्न पूर्वविद्यार्थीहरुले महत्वपूर्ण भूमिमा खेल्ने अपेक्षा व्यक्त गरिन् ।

अष्ट्रेलिया नेपालमा सबैभन्दा धेरै छात्रवृत्ति दिने राष्ट्रमध्ये पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment