Comments Add Comment

‘म्यानपावरवाली’ शर्मिलाको नाम अनुमोदन, राजदूत बन्ने बाटो खुला

९ चैत, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले विवादित शर्मिला पराजुली ढकालसहित प्रस्तावित १२ राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ । यससँगै १२ जनालाई राजदूत नियुक्तिका लागि बाटो खुलेको छ ।

सुनुवाई समितिको बुधबार बसेको बैठकले प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेको हो । ‘सबैको नाम सर्वसम्मत अनुमोदन भएको छ,’ समितिका सचिव ध्रुवप्रसाद घिमिरेले भने ।

सरकारको सिफारिस संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।

अब विवादित शर्मिला पराजुली पनि राजदूत बन्नेछिन् । उनलाई सरकारले फोरम लोकतान्त्रिकको सिफारिसमा ओमानका लागि राजदूत सिफारिस गरेको थियो ।

म्यानपावर व्यवसायी शर्मिलालाई राजदूत सिफारिस गरेको भन्दै चर्को आलोचना भएको थियो । कतारका लागि राजदूत सिफारिस रमेशप्रसाद कोइराला पनि म्यानपावर व्यवसायी हुन् ।

म्यानपावर व्यवसायी भएको भन्दै आलोचना भएपछि सरकारले यूएईका लागि प्रस्तावित राजदूत आशा लामाको नाम भने फिर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment