Comments Add Comment

झापामा ५ लाख मतदाता, २८३ मतदान स्थल

९ चैत, झापा । लामो समयपछि हुन लागेको स्थानीय निकायको निर्वाचनका लागि झापामा २ सय ८३ मतदान स्थल राखिने तय भएको छ ।

जिल्ला निर्वाचन कार्यालय, झापामा बसेको निर्वाचन समन्वय समितिको वैठकले सङ्ख्या टुंगो लगाएको हो ।

कार्यालयका प्रमुख गोपाल आचार्यका अनुसार एक हजार मतदाता बराबर एउटा मतदान केन्ऽ निर्धारण गरिनेछ ।

आगामी वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनमा जिल्लाबाट ५ लाख २१ हजार ८ सय मतदाता सहभागी हुँदैछन् ।

यो तथ्याङ्कलाई आधार मान्दा एउटा मतदान स्थलमा कम्तिमा ५ वटा मतदान केन्द्र हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment