Comments Add Comment

देवः विकासले युनियन फाइनान्स खरिद गर्ने


९ चैत्र, काठमाडौं । मंगलबार देवः विकास बैक लिमिटेडले युनियन फाइनान्स लिमिटेड प्राप्ति (एक्वायर) गर्ने सम्बन्धमा दुई संस्था बीच समझदारी भएको छ । समझदारी पत्रमा देवबाट अध्यक्ष प्राडा सुवर्ण लाल बज्राचार्य र युनियनबाट अध्यक्ष भक्त बहादुर मल्लले हस्ताक्षर गरेका छन् ।

एक्वायरपछि संस्थाको नाम देवः विकास बैक नै रहने तथा संचालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत समेत यही बैंकबाट रहने गरि समझदारी भएको हो ।

नेपाल राष्ट्र बैकबाट जारी निर्देशन बमोजिम २०७४ आषाढ मसान्तसम्म तोकिएको चुक्ता पूँजी पु¥याउन देवले युनियन एक्वायर गरेको हो । भर्खरैमात्र हकप्रद शेयर निष्काशन सम्पन्न गरेको यस बैंकले यो युनियन एकवायर पछि नपुग पूँजीको लागि थप संस्थाहरु प्राप्त÷मर्जर गर्ने योजना सहित कार्य गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment