Comments Add Comment

विदेशबाट फर्किएका श्रीमानको उजुरीः श्रीमतीबाट आर्थिक हिनामिना भो !

श्रीमती पक्राउ, सार्वजनिक अपराधमा मुद्दा चलाइने

९ चैत, झापा । बिर्तामोड-१ का ४२ वषर्ीय रविन्द्र खतिवडा वैदेशिक रोजगारीका लागि विदेश गएका थिए । उनले विदेशबाट पाएको पैसाले उनकी श्रीमती भोजकुमारी निरौलाले यता नेपालमा कस्मेटिक पसल खोलिन् ।

खतिवडा परिवारमा यतिबेला कथाले वियोगान्त मोड लिएको छ । विदेशबाट फर्किएका रविन्द्रले श्रीमतीविरुद्ध प्रहरीमा उजुरी हालेका छन् । र, भोजकुमारी इलाका प्रहरी कार्यालय बिर्तामोडमा थुनिएकी छिन् ।

श्रीमतीबाट ठगिएको भन्दै खतिवडालेे श्रीमतीविरुद्ध उजुरी हालेपछि प्रहरीले उनलाई अनुसन्धानका लागि पक्राउ गरेको हो । इप्रका, विर्तामोडका डीएसपी केशवकुमार थेबेका अनुसार श्रीमान रविन्द्र ८ वर्षसम्म वैदेशिक रोजगारीमा रहेर केही समयअघि मात्रै घर फर्किएका हुन् ।

‘विदेशमा रहेका बेला श्रीमतीले आफूले पठाएको पैसाले कस्मेटिक पसल खोलेर आर्थिक हिनामिना गरेको उजुरीमा उल्लेख छ’, थेबेले भने, ‘आर्थिक हिनामिना गरेर भोजकुमारीले प्याकुरेल थरको अर्कै व्यक्तिसँग विवाह गरेको पनि श्रीमानको दाबी छ, हामी यसबारे अनुसन्धान गर्दैछौं ।’

उजुरीलगत्तै ३२ वर्षीय भोजकुमारीलाई प्रहरी पक्राउ गरेको जनाइएको छ ।

उनीमाथि सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा चलाउने प्रहरीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment