Comments Add Comment

‘पुरानो पोखरा’का संकलित फोटोहरु प्रदर्शन गरिने

९ चैत, पोखरा । ‘पुरानो पोखरा’का संकलित फोटोहरुको प्रदर्शनी गरिने भएको छ । चैत ११ गते शनिबारदेखि पोखरा उद्योग वाणिज्य संघको सभाहल र अमृत कक्षमा ‘पुरानो पोखरा’का संकलित फोटोहरु प्रदर्शनी गरिन लागेको हो ।

प्रदर्शनीमा ५० वर्ष भन्दा पहिलेका फोटोहरु प्रदर्शनीका लागि राखिने तस्वीर संकलक तथा कार्यक्रम संयोजक सुनिल उलकले बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रदर्शनीमा पोखराको सबैभन्दा पुरानो तस्वीर पनि राखिने भएको छ । वि.स.१९८१ सालमा नेपालकै पहिलो फोटोग्राफर दिर्घमान चित्रकारले खिचेका तस्वीर पनि प्रदर्शनीमा राखिने उलकले बताए । उक्त तस्वीर पोखराकै पहिलो र सबैभन्दा पुरानो तस्वीर भएको उनको दाबी छ ।

३ दिनसम्म चल्ने प्रदर्शनीमा सन् १९६२ मा पोखरा आएको ‘अमेरीकन पिस कर्प भोलन्टियर’ का १०७ जनाले खिचेका २३ हजार तस्वीरहरु मध्ये पुराना र पोखराको तत्कालिन अवस्था बोल्ने ८४ फोटोहरु राखिनेछ । जुन फोटोहरु ‘अमेरीकन पिस कर्प भोलन्टियर’कै एक सदस्य डगलस हलले उपलब्ध गराएको उनले बताए ।

डगलसले अन्य १०६ जनासँग फोटो खिचेकै समयमा प्रतिलिपी अधिकार लिएका र अहिले पचास वर्ष पुगेकाले डगलसले अन्र्तराष्ट्रिय मान्यता अनुसार आफूलाई प्रतिलिपी अधिकार दिएपछि प्रदर्शनी गर्न लागेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment