Comments Add Comment

फेरि सुटिङ सेटमा बेहोस् भइन् प्रियंका, किन हुन्छ बारम्बार यस्तो ?

नेपाली चलचित्र क्षेत्रकी सबैभन्दा व्यस्त नायिका हुन्, प्रियंका कार्की । प्रियंकाको हातमा चलचित्र, म्यूजिक भिडियो, विज्ञापन र विदेशमा हुने स्टेज कार्यक्रमको कमी छैन । उनका अनुसार, सेप्टेम्बर महिनासम्म उनले विभिन्न कामका लागि डेट दिइसकेकी छिन् ।

प्रियंका आफूलाई मान्छे नभई ‘ट्याक्टर’ हुँ भन्छिन् । उनले भनिन्-‘म त मान्छे नभई, ट्याक्टर हुँ जस्तो लाग्छ । म खानामा ध्यान नै नदिई, एकदमै धेरै काम गर्छु ।’
केहि दिन अगाडि मात्र एक म्यूजिक भिडियोको छायांकनका क्रममा नायिका बेहोस् भइन् ।

प्रियंका बेहोस भएपछि उनलाई डाक्टरले १५ दिन आराम गर्न भनेका छन् । तर, उनी ३ दिन मात्र आराम गरेर फेरि काममा फर्किने तयारीमा छिन् । अनलाइनखबरसँग उनले भनिन्-‘डाक्टरले १५ दिन आराम गर्नु भन्नु भएको छ । हिजोबाट आराम गरिरहेकी छु । पर्सी फेरि सुटिङ छ ।’

उनी, चलचित्र ‘राधे’को छायांकनका क्रममा पनि बेहोस भएकी थिइन् । त्यस अगाडि उनी, ‘हाउ फन्नी र आवरण’को छायांकन सेटमा पनि बेहोस् भएकी थिइन् ।

आखिर किन हुन्छिन्, प्रियंका बारम्बार बेहोस ?
प्रियंकाको ब्लड प्रेसर लो छ । त्यसमाथि अहिले, उनको शरीरमा हेमो ग्लोबिनको कमी भएको छ । उनले भनिन्-‘डाक्टरका अनुसार, १६ हुनुपर्ने हेमोग्लोबिनको मात्र उनको शरीरमा ६-७ मात्र छ । जसकाकारण, उनी बारम्बार कामको चापका कारण बेहोस हुने गरेकी हुन् ।

उनले भनिन्-‘म एकदमै धेरै काम गर्छु । तर, खानामा किचकिचे छु । म मासु खाँदिन । खानामा पनि खासै वास्ता गर्दिनँ । अब, पनि यस्तै हेलचक्राई गरेको खण्डमा शरीरले साथ नदिने हो कि भन्ने पिर लाग्न थालेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment