Comments Add Comment

आर्थिक समाचारः ९८ करोड घाटा हुने गरी रासायनिक मल किँनिँदै

१० चैत, काठमाडौं । कृषि मन्त्रालयले मुलुकलाई करिब ९८ करोड रुपैयाँ घाटा हुने गरि रासायनिक मल खरिद गर्ने तयारी गरेको छ । अष्ट्रेलियन लोबाना कम्पनीसँग २०६८ (सन२०११) मा भएको सम्झौता कार्यान्वयन गर्ने बहानामा मन्त्रालयले ३० हजार मेट्रिक टन युरिया मल किन्ने प्रकृया अघि बढाएको हो । नागरिक दैनिकले समाचार बनाएको छ ।

खर्च पुँजीकरणको काम अघि नबढेकोलाई उल्लेख गरेको नागरिकले उमेर मापदण्डले महिलालाई बिदेसिन समस्या भएको एंकर बनाएको छ ।

बचतपत्रको ब्याज बैंकको भन्दा न्यूनलाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । मन्त्रालयले अझै विवरण नबुझाएकोलाई उल्लेख गरेको कारोबारले उर्जामा नेपाल-चीन संयन्त्रबिहीनलाई पनि लेखेको छ ।

‘महंगोमा मल किन्दै कृषिमन्त्री’लाई अन्नपूर्णले पनि मुख्य समाचार बनाएको छ । ‘बैंकमा पैसा बुझाउन रातिदेखि लाइन’लाई पनि अन्नपूर्णले लेखेको छ ।

कमोडिटी एक्सचेन्जसम्बन्धी विधेयक सन्दर्भमा नयाँ पत्रिका दैनिकले ‘चुक्ता पुँजी ५० करोड’लाई मुख्य समाचार बनाएको छ । त्यस्तै नेपाल वायु सेवा निगमका पाइलटको भत्ता वृद्धि गर्न निर्वाचन आचारसंहिताको अड्कोलाई पनि नयाँ पत्रिकाले उल्लेख गरेको छ ।

रोयल्टी जरीवानामा मन्त्रालयकै बेवास्तालाई अभियानले मुख्य समाचार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment