Comments Add Comment

सामसुुङको ग्यालेक्सी एस एट मार्च २९ मा आउने

 

 

सामसुुङको बहुप्रतिक्षित स्मार्टफोन ग्यालेक्सी एस एट सार्वजनिक हुने दिनगन्ती सुुरु भएको छ । कम्पनीले युट्युुबमा एस एट स्मार्टफोनका विषयमा एक भिडियो टिजर जारी गरेको छ ।

ग्यालेक्सी एस एट आगामी मार्च २९ मा पहिलोपटक अमेरिकाको न्युुयोर्कमा सार्वजनिक गरिनेछ । अनप्याक्ड नामक एक विशेष समारोहमा यो डिभाइस सार्वजनिक हुनेछ । दक्षिण कोरियामा भने अनबक्स्ड नामक इभेन्ट मार्फत मार्च ३० मा ग्यालेक्सी एस एट सार्वजनिक हुनेछ ।

सामसुुङ कोरियाले युुट्युुबमा जारी गरेको टिजरमा अंग्रेजी आठ अंकलाई ब्राण्डिंग गरिएको छ । यसको अर्थ सामसुुङको आगामी स्मार्टफोनको नाम ग्यालेक्सी एस एट हुने पक्कापक्की भएको छ ।

भिडियोमा एक व्यक्तिले स्मार्टफोन आकारको ढोका खोल्छन् । ढोका खुुल्ने बित्तिकै बाहिर अन्तरीक्षणको रंगीन दृश्य देखिन्छ । त्यहाँ पनि अंग्रेजी आठ अंकलाई फोकस गरिएको हुन्छ अनि मार्च ३० मा अनबक्स्ड इभेन्ट भएको जानकारी दिइएको हुन्छ ।

ग्यालेक्सी एस एटको बारेमा अन्य जानकारीहरु यस भिडियोमा नदिइएको भएप्नि यसअघि सार्वजनिक विभिन्न समाचारहरु अनुसार ग्यालेक्सी एस एटमा एप्पल सिरीलाई माथ खुवाउने गरी बिक्स्बी भर्चुअल असिस्टेन्ट राखिनेछ ।

भ्वाइसमा आधारित बिक्स्बी डिजिटल असिस्टेन्टको लडाइँ एप्पलको सिरीका अलावा गुुगल असिस्टेन्ट, माइक्रोसफ्ट कोर्टाना तथा अमेजन अलेक्सासँग हुनेछ । बिक्स्बीको माध्यमबाट प्रयोगकर्ताहरुले आफ्नो स्मार्टफोनमा ती सबै कामहरु भ्वाइस कमान्डको सहायताले गर्न सक्नेछन् जो औँलाले गर्नुपर्दथ्यो ।

हेरौँ सामसुुंग मोबाइल कोरियाले सार्वजनिक गरेको टिजर

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment