Comments Add Comment

लण्डन हमलाः अहिलेसम्म के-के भयो ?

बेलायती संसद भवन नजिकै बुधबार भएको आतंकवादी हमलामा एक आक्रमणकारीसहित ५ जनाको मृत्यु भयो भने ४० भन्दा बढी मानिस घाइते भए । अहिलेसम्म यस आक्रमणबारे उपलब्ध जानकारीहरु यसप्रकार छन् ।

भएको के थियो ?

२२ मार्च अर्थात बुधबार स्थानीय समयअनुसार दिउँसो २ बजेर ४० मिनेटमा एक आक्रमणकारीले थेम्स नदीमाथिको पुल वेस्टमिन्स्टर बि्रजमा तीव्र गतिमा कार दौडाए ।

यसमा कम्तिमा २ व्यक्तिको मृत्यु भयो भने थुप्रै घाइते भए । त्यसपछि त्यस कार संसद भवनको रेलिङमा ठोक्काइएको थियो ।

आक्रमणकारी को थिए ? के उनी एक्लै थिए ?

बेलायतका प्रधानमन्त्री टेरिजा मे ले भनेकी छन् कि आक्रमणकारी केवल १ जना थिए । उसको पहिचान अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

 

बेलायती पुलिसले भनेको छ कि आक्रमणकारीको पहिचान खुलिसकेको छ र उनीहरु अझै उसको सहयोगीको बारेमा पत्ता लगाउने प्रयास गरिरहेको छ ।

घाइतेको उद्धार गरिँदै, आक्रमणकारीले प्रयोग गरेको चक्कु (रातो घेरामा)

पुलिसले यो पनि भनेको छ कि संसद भवनबाहिर भएको यस हमलाको सम्बन्ध इस्लामी कट्टरतासँग जोडिएको हुनसक्छ ।

हातमा चक्कु लिएका आक्रमणकारी कारबाट बाहिर निस्केर संसद परिसरमा घुस्ने प्रयास गरेको थियो । प्रहरीले उसलाई रोक्यो । त्यसक्रममा एक प्रहरी उसको चक्कु आक्रमणमा परे, जसका कारण उनको मृत्यु भयो । मारिएका प्रहरीसँग कुनै हतियार थिएन । त्यसपछि हतियरधारी प्रहरीले आक्रमणकारीमाथि गोली चलाए र उनको पनि त्यहीँ मृत्यु भयो ।

हताहतीबारे

अहिलेसम्म केवल अआक्रमणकारीको चक्कु प्रहारबाट मारिएका प्रहरीको नाममात्र सार्वजनिक गरिएको छ । ४८ बर्षीय पुलिस कन्स्टेवल किथ पामर १५ बर्षदेखि पुलिस सेवामा थिए ।

घाइतेहरुमध्ये अन्य तीन प्रहरी छन्, जो एक समारोहबाट फर्किरहेका थिए र वेष्टमिन्स्टर बि्रजहुँदै गइरहेका थिए । घाइते तीन प्रहरीमध्ये २ जनाको अवस्था गम्भीर छ ।

वेष्टमिन्स्टर ब्रिजमा घाइते भएका मानिसहरुमा ५ दक्षिण कोरियाली पर्यटक र २ रोमानियाली नागरिक सामेल छन् । लंकाशरको एक विश्वविद्यालयका चार छात्र पनि घाइते भएका छन् । बिद्यालयको भ्रमणका क्रममा लण्डन आएका फ्रान्सका तीन बालबालिका पनि घाइते भएका छन् ।

एक महिलालाई थेम्स नदीबाट बचाइएको छ । उनी गम्भीर घाइते छिन् । अहिलेसम्म यो प्रष्ट भइसकेको छैन कि उनी पुलबाट नदीमा कसरी पुगिन् । एक फोटोग्राफरले भनेका छन् कि उनले एक व्यक्तिलाई पुलबाट तल फुटपाथमा खसेको देखेका थिए ।

घटनापछि लण्डनको सुरक्षा

आक्रमणका बेला लण्डनको संसद भवनभित्र संसद कार्यबाही चलिरहेको थियो । जसलाई पछि स्थगित गरियो । पत्रकार र आगन्तुकलाई करिव ५ घण्टासम्म बाहिर जान दिइएन ।

संसददेखि सँगैको वेष्टमिन्स्टर ऐवे चर्चमा रहेका सयौं मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो ।

बिहीबार संसदको दुवै सदनको बैठक नियमित समयमा सुरु हुने बताइएको छ ।

लण्डनका मेयरले भनेका छन् कि आगामी केहिदिन लण्डनको सडकमा हतियारधारी र बिना हतियारधारी सुरक्षाकर्मीको गस्ती बढ्नेछ ।

बेलायतमा खतराको सम्भावना बढाएर अति गम्भीर बनाइएको छ । यसको मतलव यो हो कि त्यहाँ जुनसुकै बेला आतंकबादी आक्रमण हुने सम्भावना निक्कै छ ।

बीबीसी हिन्दीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment