Comments Add Comment

बिसीसीआइले बढायो खेलाडीको भत्ता, जडेजा र पुजाराको बढुवा

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड संसारक सबैभन्दा धनी क्रिकेट बोर्ड मानिन्छ । यस्तोमा भारतीय क्रिकेटरहरु पनि विश्वकै धनी क्रिकेट खेलाडीको रुपमा दरिनुपर्ने होइन र ? यो प्रश्न अक्सर भारतीय क्रिकेट फ्यानहरुको चर्चाको बिषय हुन्छ ।

आखिरमा बिसीसीआईले भारतीय खेलाडीहरुलाई प्रति फर्म्याट म्याच फि निर्धारण गरेपछि समर्थकको यो चिन्ता र चासो पनि मेटिएको छ ।

बिसीसीआईले बुधबार क्रिकेटरको नयाँ ग्रेड सार्वजनिक गर्दै क्रिकेटका तीन फर्म्याट अनुसारको उनीहरुले पाउने भत्ताको बारेमा पनि निर्क्यौल गरेको छ ।

‘म्याच फीको अवधारणा १ अक्टोवर २०१६ यताको खेलमा लागू हुनेछ र टेष्टको १५ लाख, एकदिवशीयको ६ लाख र टी-ट्वान्टीको ३ लाख प्रति खेल म्याच फी उपलब्ध गराइनेछ ।’ बिसीसीआईको बिज्ञप्तिमा उल्लेख छ ।

बिसीसीआइले रविन्द्र जडेजा र चेतेश्वर पुजारालाई ए ग्रेडको क्रिकेटरका रुपमा बढुवा गरेको छ । उनीहरुले जारी सिजन भारतीय टिमबाट गरेको नियमित उत्कृष्ट प्रदर्शनका आधारमा ग्रेड थप गरी नयाँ सम्झौता गर्न लागिएको हो । मुरली बिजय पनि ए ग्रेडमा समावेश भएका छन् । बिसीसीआईको नियम अनुसार ए ग्रेडको क्रिकेटरले प्रति सिजन २ करोड पाउँछन् ।

भारतीय कप्तान बिराट कोहली, पूर्व कप्तान महेन्द्रसिंह धोनी, अरिचन्द्रन आश्विन र आजिंक्या राहणेले ए ग्रेडमा निरन्तरता पाएका छन् । टेष्ट क्रिकेटबाट सन्यास लिनुका बाबजुद धोनीलाई बिसीसीआईले ए ग्रेडमै राखेको छ ।

अलराउण्डर जडेजा सी ग्रेडबाट एकैचोटी ए ग्रेडमा बढुवा भएका हुन् । अष्ट्रेलियाबिरुद्धको जारी सिरिजमा शानदार प्रदर्शनपछि उनी बढुवा भएका हुन् । हालै सम्पन्न तेस्रो टेष्टमा पनि पुजारा र जडेजाले क्रमसः ब्याट र बलबाट महत्वपूर्ण इनिङ खेलेका थिए ।

ग्रेड बी का खेलाडीहरुमा रोहित शर्मा, लोकेेस राहुल, भुवनेश्वर कुमार, मोहम्मद शामी, इशान्त शर्मा, उमेश यादव, ऋद्धिमान शाह, जसपि्रत बुम्राह र युवराज सिंह छन् । उल्लेखनीय कुरा के छ भने कुनैपनि भारतीय फाष्ट बलरले बिसीसीआईको ए ग्रेड पाउन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment