Comments Add Comment

कांग्रेस र राप्रपाले सबै जिल्लामा चुनाव लड्न पाउने

१० चैत, काठमाडौं । नेपाली कांग्रेस र राप्रपाले अब सबै जिल्लामा स्थानीय चुनावमा भाग लिन पाउने भएका छन् ।

राप्रपाको ९ र कांग्रेसको एक जिल्लामा दल दर्ता छुटेको थियो, जसका कारण छुटेका जिल्लाका स्थानीय तहहरुमा चुनाव लड्न नपाउने अवस्था आएको थियो ।

तर, निर्वाचन आयोगले सत्तारुढ कांग्रेस, राप्रपासहितका दलहरुको छुटेका जिल्लाहरुमा दल दर्ता गरिदिएको छ । यसका लागि आयोगले फागुन २५ देखि २८ गतेसम्म तीन दिनको समय दिएर लिखित धारणा माग गरेको थियो ।

त्यस आधारमा कांग्रेसको डोल्पा र राप्रपाको मोरङ, धनुषा, महोत्तरीसहित छुटेका ९ जिल्लामा दल दर्ता भएको छ । ‘हाम्रो छुटेका जिल्लाहरुमा दल दर्ता भएको खबर आएको छ,’ राप्रपा प्रवक्ता सुुशीलकुमार श्रेष्ठले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment