Comments Add Comment

लेकाली स्वाद पस्कन पोखरामा खुल्यो ‘लेकाली चुलो घर’

१० चैत, पोखरा । लेकाली खानाका परिकार मन पराउनेहरुका लागि खुशीको खबर छ । पेशा/ब्यबसायका लागि लेकबाट सहर झरेका तथा लेकाली खाना मनपराउने अन्य क्षेत्रका मानिसहरुलाई लक्षित गरेर पोखरामै ‘लेकाली चुलो घर’ सञ्चालनमा आएको छ ।

जहाँ लेकाली परिकारहरु मात्र पाक्ने गर्दछ । पोखराको अमरसिंहचोकमा युवा व्यवसायी मिनबहादुर गुरुङले ‘लेकाली चुलो घर’ सञ्चालनमा ल्याएका हुन् ।

‘लेकाली चुलो घर’मा नेपालको उच्च पहाडी भेगमा उत्पादन हुने कोदो, मकै र फापरको ढिडोंका साथै भुटेको मकै र भट्टको साथमा लोकल कुखुराका विभिन्न परिकारहरु बनाईने गुरुङले जानकारी दिए ।

उनका अनुसार लेकाली लोकल कुखुराका अलावा बोका, खसी, बंगुरलगायतका मासु र सुकुटी पनि पाइन्छ । त्यस्तै, लेकमै पाईने असला माछा र सहर माछाका परिकारका स्वाद पनि लिन पाइने उनले बताए ।

लेकाली भन्ने बित्तिकै आफै अर्गानिक हुने भन्दै आफ्नो चुलोमा लेकका स्थानिय उत्पादन मात्र पाक्ने उनको दाबी छ । लेकाली भनेपनि उपत्यकामै वा तराईका उत्पादन ल्याएर बेच्छन् कि भन्ने शंका नगर्न उनले आग्रह गरे ।

हामीले स्थानिय लेकालीहरुसँगै सहकार्य गरेर त्यहाँ उत्पादन हुने वस्तुहरु ल्याउने गछौर्ं-उनले भने, ‘उनीहरुलाई हामीले यो यो चिज यति मात्रामा उत्पादन गर्न भनेर तोकेका छौं, त्यसरी उत्पादित सबै बस्तु हामी खरिद गरेर ‘लेकाली चुलो घर’मा पकाएर स्वादमा पस्कने गर्छौं ।’
यद्यपी शंका गर्नेहरुका लागि भनेर केही दिनमै प्रोजेक्टरमार्फत चुलोमा के के पाक्दैछ र त्यो कस्तो बस्तु हो भनेर प्रत्यक्ष देखाउने ब्यबस्था मिलाइने उनले जानकारी दिए ।

पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाईड भन्दा बाहिर खोलिएपनि ग्राहकले पाउने स्वाद र सन्तुष्टीका कारण ब्यापारमा कमी नआउने उनको विश्वास छ ।

लेकाली स्वाद मन पराउनेहरुलार्य लक्षित गरेर खोलिएकाले ग्राहक खोजि खोजि आफ्नोमा आउनेमा आफू ढुक्क रहेको उनले बताए ।

‘धेरैले लेक छाडेर बेशी झरेका छन् । कोही पेशा ब्यबसायका कारण सहर पसेका छन् । तर गाउँ छाडेर सहर पसेपनि गाउँको खानाको याद भने कसैले बिर्सन सक्दैन, ति मेरा ग्राहक हुन् र ति खोजि खोजि मेरोमा आउँछन्’-उनले भने ।

‘लेकाली चुलो घर’ होटल टास्क ईन्टरनेसनल अन्तर्गत पहिलो चरणमा खुलेको रेष्टुरेण्ट हो । होटल टास्क इन्टरनेसनलले लेकाली चुलो घर’सँगै एउटा सेमिनार हल पनि सञ्चालनमा ल्याएको छ ।

पोखरामा हुने विभिन्न सभा, सेमिनार तथा पार्टीहरुलाई लक्षित गरी अति अत्याधुनिक तवरको दुई सय जना अटाउने क्षमताको सेमिनार हल सञ्चालनमा ल्याएको हो । यो पोखरामा नै पहिलो अति अत्याधुनिक सेमिनार हल भएको सञ्चालक गुरुङले दाबी गरे ।

जुन हल साउण्ड प्रुफ छ भने एसी जडान गरिएको छ, जसका कारण जाडो र गर्मीमा पनि अनुकुल वातावरणमा कार्यक्रम सञ्चालन गर्न मिल्छ ।

होटल टास्क ईन्टरनेसनलले निकट भविष्यमै थ्री स्टार होटल बराबरको सुविधा भएको होटल सञ्चालनमा ल्याउँदैछ । जसको निर्माण कार्य भइरहेको सञ्चालक गुरुङले जानकारी दिए ।

उक्त होटल पनि अमरसिंहचोकमै निर्माण भइरहेको छ । असोजमा सञ्चालनमा ल्याउनेगरी निर्माण भइरहेको सो होटलमा ३५ वटा रुम हुने बताइएको छ ।

उक्त होटलमा भ्यू टावर निर्माण हुनेछ, जहाँबाट पोखरा भ्याली र मनोरम हिमश्रृङखलाको अवलोकन गर्न सकिनेछ भने रुफ टप रेष्टुरेण्ट, २ वटा कन्फरेन्स हल, राउण्ड टेवलसहितको ३५ जना क्षमताको र ५० सीट क्षमताको सेमिनार हल पनि हुने गुरुङले बताए ।

होटलमा १२ वटा डिलक्स, १६ वटा स्वीट र २ वटा सुपर स्वीट रुम बनाइने उनको भनाई छ । होटलमा २ वटा अपार्टमेन्ट रहनेछ भने अण्डर ग्राउण्ड पार्किङ र लिˆटको सुविधा रहने बताइएको छ ।

होटल टास्क ईन्टरनेसनलले टास्क ट्राभल एण्ड टुर्स पनि सञ्चालनमा ल्याईसकेको छ । टास्क टुर्स एण्ड ट्राभल्सले विभिन्न पर्यटकका सवारी साधनहरु जीप, कार र भ्यान उपलब्ध गराउनुका साथै हवाइ टिकट, टुरिष्ट बस टिकट, टुर प्याकेजहरुका साथै साइड सिन र ट्रेकिङको समेत प्रबन्ध मिलाउने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment