Comments Add Comment

चार तारे स्तरको बन्दै धनगढीको ‘रुबस होटल’


१० चैत, धनगढी । बीस करोड रुपैयाँको लगानीमा चार वर्ष अघि कैलालीको धनगढीमा स्थापित रुबस होटलले थप सेवासुविधा तथा क्षमता विस्तारका लागि १२ करोड रुपैयाँ लगानी थप्ने भएको छ ।

आन्तरिक पर्यटकको आगमन बढेसँगै सुदूरपश्चिमको सदरमुकाम कैलालीको धनगढीमा होटलहरूमा ठूलो लगानी हुन थालेको छ । क्षेत्रीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित मोफसलमा पर्यटकस्तरीय होटलहरू थपिँदै गएका छन् ।

पर्यटनको आगमन तथा देश संघीयतामा जाने भएपछि नयाँ होटलहरू खुलिरहेका छन् भने होटल भएकाहरूले पनि क्षमता तथा सेवा सुविधाहरू विस्तार गर्ने क्रम तीब्रता दिएका छन् ।

लगानी थप गरेसँगै यो होटल सुदूरपश्चिमाञ्चलकै बढी लगानीमा होटल हुने रुबस होटलका सञ्चालक एव प्रबन्ध निर्देशक प्रकाश भट्टले अनलाईनखबरलाई बताए । उनले भने,’अहिले होटलको क्षेत्रफल एक बिगाह ओगटको छ ।’

यस क्षेत्रमा ६० वटा रुम र एउटा स्वीमिङ पुल लगायत सेमिनार हल बनाउन लागेको हो । ३२ वटा रुमहरु भएको रुबस होटलमा अब एसी र ननएसी गरी ९० भन्दा बढी रुमहरु हुनेछन् भने अन्य सेवा सुविधाहरु समेत थपिने भएका छन् ।

‘दुई ठुला देशको विचमा रहेको हाम्रो देशमा मानव निर्मित संरचनाभन्दा प्राकृतिक संरचना नै पर्यटकहरु आउने प्रमुख आधार हुन्  । हाम्रो क्षेत्र अर्थात सुदूरपश्चिम पर्यटकीय सम्भावना भएकाले हामीले लगानी बढाएका हौ,’ उनले भने ।

होटलले आफ्नो होटलमा आउने पाहुनाहरुका लागि साधारण मूल्यदेखि चार तारे होटलसम्मको मूल्य निर्धारण गरिने निर्देशक भट्टले बताए । निर्देशक भट्टल नयाँ रुमहरुका लागि पाचाैं तलाको छुट्टै भवन निर्माणधीन रहेको बताए । यो चाँडै नै संचालनमा ल्याइने छ  । होटलको पूरै संरचाना तयार भए चार तारेको पूर्वाधार पुग्ने उनले बताए ।


निर्देशक भट्टकाअनुसार  रुमहरुको रेट १ हजार ५ सय रुपैयाँबाट सुरु भएर ४ हजार ५ सय सम्म रहने बताए । उनले भने ‘यो मूल्यमा बेड एण्ड ब्रेक फास्टको उपलब्ध गराइने छ ।  सबै रुमहरु सञ्चालनमा आएपछि रुबस होटलमा २ सय जना पर्यटक एकैसाथ बस्न सक्नेछन् । एक विगाहा क्षेत्रफलमा फैलिएको होटलमा अहिले ६५ जनाले रोजगारी पाएका छन् ।

कैलालीमा सञ्चालित होटलहरुका मूख्य ग्राहक भनेकै भारतीय र नेपाली पर्यटक हुन् । ‘विदेशी पर्यटकहरु यहाँ छिटपुट मात्र आउने गरेका छन्’ भट्टले भने ‘हाम्रा मूख्य ग्राहक भनेकै भारतीय र नेपाली नै हुन् ।’

सञ्चालक भट्टकाअनुसार आउने गर्मीमा स्वीमिङ पुल सञ्चालनमा आइसक्ने छ । १५० जना अटाउने ३ वटा र २ जना अटाउने हलहरु होटलमा रहने बताए । पछिल्लो समयमा धनगढीमा विवाह, ब्रतबन्धदेखि अन्य कार्यक्रम समेत होटलमा हुन थालेपछि हलहरुको सख्या बढाउनु परेको बताउँछन् निर्देशक  भट्ट ।

होटलले मित्र राष्ट भारतको सिमाना छेउ छाउमागएर मार्केटिङ गरेर भारतीय पर्यटक भित्राउने लक्ष्य राखेको छ । भारतको उत्तराखण्डमा मात्र ४ सय भन्दा बढी बहुराष्ट्रिय कम्पनी सञ्चालनमा रहेका र त्यहाँ कार्यरत कर्मचारीलाई कैलालीसम्म ल्याउन सकेमा त्यहाँका होटलहरु भरिभराउ हुने ब्यवसायी बताउँछन् ।


सुदूरपश्चिम आफैंमा सुन्दर र प्रशस्त पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । अहिले त्यहाँ पर्यटकहरु नपुगेपनि भोलिका दिनमा पूर्वाधार विकास गरेर हजारौं पर्यटक त्यस क्षेत्रमा पुर्‍याउन सकिन्छ । भोलीका दिनमा हुने पर्यटकको आगमनलाई समेत ध्यानमा राखेर होटल विस्तार गरिरहेको भट्टले बताए ।

कैलालीमा पछिल्लो समय होटलहरुको संख्या समेत बढ्दै गइरहेका छन् । भट्टका अनुसार अहिले होटल व्यवसायी संघ कैलालीमा ६ सय भन्दा बढी साना ठूला होटलहरु दर्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment