Comments Add Comment

चीन भ्रमणले दुई देशबीच विश्वासको वातावरण बनाउँछः प्रचण्ड

विज्ञहरुसँग बालुवाटारमा छलफल

१० चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण मुलतः सदभावना भ्रमण भएको भन्दै दुई देशबीच विश्वासको वातावरण बढाउने थप मद्दत पुग्ने बताएका छन् ।

बिहीबार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, पूर्वअर्थमन्त्री र पूर्वराजदूतहरुसँग बालुवाटारस्थित निवासमा संयुक्त छलफल गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

प्रचण्ड साताव्यापी चीन भ्रमणका लागि बिहीबार राति त्यसतर्फ प्रस्थान गर्दैछन् ।

चीन भ्रमणका सन्दर्भमा सुझाव ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्डले चिनियाँ नेता तथा लगानीकर्ताहरुसँग नेपालको हितका विविध बिषयमा छलफल हुने जानकारी गराएको प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रधानमन्त्रीले आफू मुख्यतः बोआओ सम्मेलनमा सहभागी हुन चीन जान लागेको जानकारी दिँदै यसक्रममा उच्चस्तरीय भेटघाट र छलफल हुने बताए ।

प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री र विज्ञका सुझाव धेरै फलदायी रहेको बताउँदै सुझावका लागि धन्यवाद ज्ञापन गरेका थिए ।

भेटमा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल, पूर्वमन्त्रीहरु डा. रामशरण महत, रमेशनाथ पाण्डेसहित विज्ञहरु टंक कार्की, राजेश्वर आचार्य, राजेशकाजी श्रेष्ठ, चन्द्र ढकाल, हरिभक्त शर्मा लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment