Comments Add Comment

शहीद गौतमका परिवारलाई माओवादी केन्द्रको ६ लाख राहत

१० चैत, कञ्चनपुर । भारतीय सीमा सुरक्षा बलले हत्या गरेका शहीद गोविन्द गौतमको परिवारलाई माओवादी केन्द्रले घोषणा गरेको ६ लाख राहत रकम आज हस्तान्तरण गरिएको छ ।

माओवादी केन्द्रकी नेता बिना मगरले कञ्चनपुर पुनर्वास नगरपालिका आनन्दबजारस्थित शहीद गौतमको परिवारलाई भेटेर राहत रकम हस्तान्तरण गरेकी हुन् ।

यसअघि गौतको १३ दिनको पुन्यतिथीमा माओवादी केन्द्रका नेता तथा कृषिमन्त्री गौरीशंकर चौधरीले माओवादी केन्द्रले शहीद परिवारलाई पार्टीको तर्फबाट ६ लाख राहत दिने घोषणा गरेका थिए ।

यसअघि प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफ्नो मेची महाकाली अभियानका क्रममा शहीद परिवारलाई ५ लाख राहत दिने घोषणा गरेको थियो । रहत रकम एमाले नेता भीम रावलले हस्तान्तरण गरेका थिए ।

गत फागुन २६ गते सीमा बिवादका क्रममा भएको झडपमा भारतीय एसएसवीले गोविन्द गौमतको गोली हानी हत्या गरेका थिए । लगत्तैसरकारले उनलाई शहीद घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment