Comments Add Comment

यम बरालको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक

अमेरिका । गायक यम बरालको स्वर तथा सङ्गीत रहेको ‘मेरो बदनाम गर्न’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

गीतमा अमेरिकामा व्यवसाय गर्दै आएका अमेरिका–नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका बोर्ड अफ ट्रष्टी राम लामा ‘अविनाशी’ को शब्द छ । आपसी सम्बन्धमा शङ्काले कसरी फाटो ल्याउँछ भन्ने विषय गीतमा प्रस्तुत गरिएको छ । कविता समेत लेख्ने गीतकार लामाका करिब एक दर्जन गीत सार्वजनिक भइसकेका छन् ।

दीपेश दाहालको निर्देशन गरेको म्युजिक भिडियोमा राजेन्द्र चापागाईं, सिरू विष्ट र प्रीति मोक्तानले अभिनय गरेका छन् । शिव पंगेनी र शंकरराज वाग्लेको छायांकन रहेको गीतमा भूपेन्द्र अधिकारीको सम्पादन र रेनिश फागोको कलर समायोजन रहेको छ ।

रेड कलर स्टुडियो पानीपोखरीको प्राविधिक सहयोगमा निर्माण गरिएको उक्त गीतको युट्युब प्रवर्द्धन द स्काइज मुभिजले गरेको सञ्चारकर्मी प्रदीप चापागाईंले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment