Comments Add Comment

असामान्य टाउको भएका बालकलाई ‘हनुमानजी’ भन्दै ढोग्न आउनेको भिड

विचित्रको शारीरिक अवस्थामा जन्मिएका एक बालकलाई हनुमानको अवतार भन्दै हेर्न आउनेको भिड लागेको छ । यो घटना हामी नजिकैको देश भारतको हो ।

बिहारमा बस्ने ३५ वर्षीया खालिदा बेगमले एक हप्ता अगाडि छोरा जन्माएकी थिइन्, जसको नाम राख्न बाँकी नै छ । भर्खर जन्मेको छोराको रुप-रंग देखेर उनी झण्डै बेहोस भएर ढलिनन् । नवजात शिशुको टाउको पुरै तल धसिएको थियो भने आँखा डरलाग्दो गरी बाहिर निस्किएका थिए ।

आत्तिएकी बेगमले चिच्याउँदै बच्चालाई आफ्नो नजरबाट हटाउन सुडेनीलाई भनेकी थिइन् । केही समयपछि उनी शान्त भइन् र बच्चालाई काखमा लिइन् । तर उनले अहिलेसम्म आफ्नो छोरालाई दूध चुसाएकी छैनन् ।

‘झट्ट हेर्दा उ एलियन जस्तै थियो,’ खालिदाले सञ्चारकर्मीहरुसँग भनिन्, ‘आफूले यस्तो बच्चालाई जन्म दिएकी छु भनेर मैले विश्वासै गर्न सकिनँ ।’

बालकको बारेमा थाहा पाएपछि उनलाई हेर्न आउनेहरुको लर्को लागिरहेको छ । उनलाई सबैले हनुमानको अवतार ठानेर ढोग्ने गरेका छन् ।

भारतका डाक्टरहरुले उक्त बच्चालाई हर्लेक्वीन इच्थ्योसीस नामक दुर्लभ आनुवंशिक अवस्थाले त्यस्तो बनाएका बताएका छन् । यो अवस्थाका बच्चाहरुको छाला मोटो हुन्छ भने शारीरिक संरचना बिग्रेको हुन्छ । यद्यपि उनको लक्षण इनेन्सेफाली नाम अर्को असामान्य विकारसँग पनि मिल्दोजुल्दो रहेको डाक्टरहरुको भनाई छ ।

रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार यस्तो विकारले बच्चाहरु मस्तिष्क र खप्परको माथिल्लो भागबिना नै जन्मिन्छन् । बाँकी भाग पनि छाला वा हड्डीले ढाकिएको हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment