Comments Add Comment

दलीय हैसियतमा चुनाव लड्न पाउनु पर्ने माग गर्दै २३ दलको मोर्चाबन्दी


१० चैत, काठमाडौं । संसदमा नरहेका दलहरुलाई दलीय चुनाव चिन्ह नदिने व्यवस्थाविरुद्ध नयाँ शक्ति नेपाल पार्टीसहित २३ दल एक ठाउँमा उभिएका छन् ।

२३ दलले बिहीबार पत्रकार सम्मेलन गरेर स्थानीय तह निर्वाचन ऐनको विरोध गरेका छन् ।

संसदमा भएका २७ दललाई चुनाव चिह्न दिने र अरुले स्वतन्त्रको हैसियतमा चुनाव लड्नु पर्ने व्यवस्था विभेदकारी भएको उनीहरुले बताएका छन् । २३ दलले यसलाई खारेज गर्न र आफ्नो चुनाव चिह्नसहित चुनावमा भाग लिने वातावरण बनाउन सरकार र निर्वाचन आयोगसँग माग गरेका छन् ।

अन्यथा आफूहरु आन्दोलनमा उत्रने नयाँ शक्तिका नेता परशुराम तामाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment