Comments Add Comment

चिनियाँ रक्षामन्त्री काठमाडौंमा, यस्तो छ कार्यक्रम


१० चैत, काठमाडौं । चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान तीन दिने नेपाल भ्रमणका बिहीबार काठमाडौं आइपुगेका छन् ।

रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणमा आएको हो । चाङलार्इ स्वागत गर्न रक्षामन्त्री खाँड आफैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

चिनियाँ रक्षामन्त्रीले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलार्इ भेट्नेछन् । रक्षामन्त्री खाँण र चाङबीच सिंहदरबारस्थित रक्षा मन्त्रालयमा बिहीबार नै भेटवार्ता हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । चिनियाँ रक्षामन्त्री चाङले नेपाली सेनाको उपत्यका पृतनाको निरीक्षण तथा अवलोकन भ्रमण गर्नेछन्।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग शुक्रबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्ने तय भएको छ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिसँग रक्षामन्त्री चाङले सोही दिन भेटवार्ता गर्नेछन् ।

यसअघि सोही दिन बिहान मन्त्री चाङले सैनिक मुख्यालयमा प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेटवार्ता गर्ने तय भएकोछ । रक्षामन्त्री चाङले वसन्तपुर क्षेत्रका क्षतिग्रस्त सम्पदाको अवलोकन भ्रमण गर्नेसमेत कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment