Comments Add Comment

आर्यनका ‘मामा’ राजपाल यादव


यतिबेला बलिउड चलचित्रका चर्चित कमेडियन राजपाल यादव नेपालमा छन् । उनी, नेपाली चलचित्रका २ कलाकारसँग पर्दा शेयर गरिरहेका छन् । निर्देशकको नाम लुकाएर भैरहेको चलचित्र ‘करोडपति’को सुटिङमा उनले नायक आर्यन अधिकारीसँग पर्दा शेयर गरिरहेका छन् ।

आर्यनले आफ्नो फेसबुकमा राजपाल यादवसँगको तस्बिर शेयर गरेका छन् । जसमा उनले, राजपाललाई ‘मामा’ भनेर सम्बोधन गरेका छन् । चलचित्रमा आर्यन भने राजपालको ‘भाञ्जा’ बनेका छन् ।

आर्यनले ‘मामा भाञ्जा’को जोडी भन्दै तस्बिर शेयर गरेपछि अहिले यसले चर्चा पाइरहेको छ । यतिमात्र होइन, यादव पूर्ण रुपमा नेपाली दौरा सुरुवालमा देखिएका छन् । २ भारतीय कलाकारको समेत यो चलचित्रमा अभिनय रहनेछ । चलचित्रमा आर्यन र नायिका नीता ढुंगानाको जोडी देखिनेछ । करिब २ साता राजपालले यो चलचित्रको लागि डेट दिएका छन् ।

‘करोडपति’ छायांकन गर्न राजपाल यादव नेपालमा, आर्यन र नीताको जोडी पर्दामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment