Comments Add Comment

उपेन्द्र यादव भारतबाट फर्किए


१० चैत, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । संघीय गठबन्धनका अध्यक्ष समेत रहेका यादव बनारसमा एक कार्यक्रममा सहभागी हुन गएका थिए ।
यादव बिहीबार अपराह्न काठमाडौं आइपुगेका छन् । उनले बिहीबार साँझ नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री प्रचण्ड बिहीबार राति नै चीन जाने कार्यक्रम छ । त्यसअघि यादवलाई भेटेर संविधान संशोधन र स्थानीय चुनावबारे सहमति जुटाउन प्रयास गर्न लागिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment