Comments Add Comment

अरुण गाउँपालिकामा कांग्रेसका तीन प्रतिस्पर्धी

१० चैत, भोजपुर । नेपाली कांग्रेसको ‘गढ’ भनिने भोजपुरको अरुण गाउँपालिकाको प्रमुखका कांग्रेसकै तीन जना नेताले दाबी गरेका छन् । गाउँपालिका प्रमुखमा गजेन्द्र कार्की, पुष्प वैद्य र शालीकराम खत्री मुख्य आकांक्षी छन् ।

कार्की भोजपुर जिल्ला अस्पताल विकास समितिका अध्यक्ष हुन् भने वैद्य कांग्रेसका क्षेत्रीय सभापति हुन् । त्यस्तै खत्री जिल्लास्तरीय नेता हुन् ।

उनीहरुमध्येबाट एकले टिकट पाउने कांग्रेस स्रोतले बतायो ।

सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि अन्य जिल्लाहरुमा जस्तै भोजपुरमा पनि चुनावी चहलपहल सुरु भएको छ । स्थानीय तहको नेतृत्वका लागि प्रभावशाली व्यक्तिहरु नै दौडधुपमा लागेका छन् । उमेद्वारका आकांक्षीहरुले नेताको घरदैलो धाउनेदेखि कार्यकर्तासँग भोट माग्ने अभियान एकैचोटी चलाएका छन् ।

भोजपुरमा सात गाउँपालिका र दुईवटा नगरपालिका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment