Comments Add Comment

गोरखाका २१ किसान समूहलाई हाते ट्याक्टर बितरण

 

१० चैत, गोरखा । जिल्ला कृषि बिकास कार्यालय गोरखाले जिल्लाका २१ कृषक समूहलाइ हाते ट्याक्टर वितरण गरेको छ ।

खेतवारी जोत्न गोरुको बिकल्पको रुपमा लिइएको २१ वटा हाते ट्याक्टर ५० प्रतिशत अनुसदानमा बितरण गरिएको हो ।

चालु आर्थिक बर्ष ०७३/०७४ को कृषि प्रसारतर्फ आठ वटा, आईडब्लुआरएमपीतर्फ पाँच वटा र बृहत मकै वाली उत्पादन कार्यक्रमतर्फ आठ वटा गरी कुल २१ वटा हाते ट्याक्टर अनुदानमा वितरण गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयमा बिहीवार एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका निमित्त कार्यकारी प्रमुख नारायण प्रसाद आचार्यले कृषकहरुलाइ ट्याक्टर हस्तान्तरण गरे ।

जिल्लाको पालुङटार र  गोरखा नगरपालिका तथा खोप्लाङ, धुवाकोट, देउराली, लाप्राक, सौरपानी, हर्मीै, सिम्जुङ, मसेल, आरुआर्वाङ, फुजेल क्षेत्रका कृषक समूहलार्इ हाते ट्याक्टर बितरण गरिएको हो ।

पाँच देखि १५ हर्सपावरको पावर मिनिटिलर वितरण गरिएको जिल्ला कृषि बिकास कार्यालयका प्रमुख याम कुमार श्रेष्ठले जानकारी दिए । सात हर्सपावरको मिनिटिलरलाई ८० हजार, ९ हर्जपावरकोलाई एक लाख ५ हजार र १५ हर्सपावरकोलाई एक लाख ६० हजार मूल्य पर्ने कार्यालयले जनाएको छ ।

ट्याक्टर हस्तान्तरण कार्यक्रममा बोल्दै कृषि बिशेषज्ञ निलकण्ठ शर्माले ट्याक्टरले बारी जोत्नु अघि आकाशे पानि कुनुपर्ने बताए । उक्त ट्याक्टर गोरुको बिकल्प भएकाले संयमित भएर प्रयोग गर्न उनले किसानहरुलाइ आग्रह गरे ।

हावाबाट चिसिने प्रविधि जडान भएको हाते ट्याक्टर अनुदानमा पाएसँगै किसानहरु खुशी भएका छन् । ग्रामिण भेगका किसानहरुलाइ लक्षित गरी ट्याक्टर वितरण गरिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment