Comments Add Comment

उपराष्ट्रपतिका साथमा पनि निजी बन्दुक ! (निजी हतियार राख्नेहरुको सूचीसहित)

११ चैत, काठमाडौं । निजी बन्दुकको दुःख भोगिरहेको अमेरिकामा जसरी नेपालमा व्यक्तिगत हतियार राख्ने सहज छुट छैन । तैपनि पैसा र पहुँच हुनेहरुले गृहमन्त्रालयबाट स्वीकृति लिएर निजी बन्दूक राख्ने क्रम बढेको पाइएको छ ।

अबको १० महिनाभित्र तीनवटा चुनाव गराउने जिम्मेवारीमा रहेको नेपाल सरकार अहिले आफैंले लाइसेन्स दिएका हतियार जिल्ला प्रशासन कार्यालयमा जम्मा पार्ने अभियानमा जुटेको छ । चुनाव अवधिभर त्यस्ता हतियार जिल्ला प्रशासन कार्यालयलाई बुझाउन सरकारले आग्रह गरेको छ ।

दर्तावाल हतियारहरु जिल्ला प्रशासन कार्यालयमा फिर्ता गर्न सरकारले आह्वान गरिरहेकै बेला केही भीआइपीका साथमा पनि व्यक्तिगत हतियार रहेको अनलाइनखबरले तथ्य फेला पारेको छ ।

यसरी व्यक्तिगत हतियार राख्नेहरुमा उपराष्ट्रपति, प्रहरीका हाकिम र दलका नेताहरुसम्म छन् ।

गृहमन्त्रालय स्रोतबाट प्राप्त जानकारी अनुसार उपराष्ट्रपति नन्दबहादुर पुनसँग २२ बोरको बन्दूक छ । त्यस्तै पूर्वप्रहरी अधिकारी हेमन्तबहादुर पालसँग १२ बोरको निजी बन्दूक छ । डीआइजी जयबहादुर चन्दले पनि निजी हतियार राखेको पाइएको छ ।

माओवादी नेता प्रभु साहसँग १२ बोरको बन्दुक छ भने प्रधानमन्त्री पुत्र साकार दाहालसँग २२ बोरको राइफल रहेको समाचार यसअघि नै सार्वजनिक भइसकेको छ ।

निर्वाचनका बेलामा व्यक्तिले आफ्नो साथमा यस्ता कुनै पनि हतियार राख्न नपाउने सरकारले भनिरहेका बेला झापाको अनारमनी घर भई काठमाडौंमा बस्ने प्रदीप मित्तलका साथमा ४ थान राईफल छन् । तीमध्ये केही १२ बोरका र केही २२ बोरका छन् ।

दोलखाका सञ्जीव वलीसँग जर्मनमा बनेको हतियार रहेको गृहमन्त्रालयमा रेकर्ड छ । त्यस्तै कपिलवस्तुको वीरपुरमा मात्रै विभिन्न व्यक्तिहरुसँग ७ थान राईफल रहेको गृहमन्त्रालयमा तथ्यांक भेटिएको छ ।

यो पनि पढ्नुहोस् 

दर्ता भएका निजी हतियार खोज्न सुरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment