Comments Add Comment

एमालेले बनायो उम्मेदवार छनौटको मापदण्ड, महानगरको उम्मेदवार केन्द्रले नै छान्ने

चुनाव तोकिएकै मितिमा हुने निष्कर्ष, सबै शक्ति केन्द्रित गर्ने निर्णय

१० चैत, काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट प्रतिस्पर्धा गर्ने उम्मेदवारहरुको मापदण्ड र टिकट वितरण सम्बन्धी कार्यविधी पारित गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहीबार बसेको स्थायी कमिटीको बैठकले उम्मेदवार चयन गर्ने बिधी सर्वसम्मत रुपमा पारित गरेको हो ।

सचिव योगेश भट्टराईका अनुसार सिनियर, पार्टीमा निरन्तर लागेको र पार्टीप्रति प्रतिवद्ध, आर्थिक तथा अनुशासनको कारबाहीमा नपरेको, समावेशी, स्थानीय विकास निर्माणको नेतृत्व गर्न सक्ने र स्थानीय स्तरमा लोकपि्रय हुनुपर्ने लगायतलाई मापदण्ड बनाइएको छ ।

महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखको टुंगो सम्बन्धित जिल्ला हुँदै प्रदेश कमिटीको सिफारिसमा केन्द्रले टुंगो लगाउनेछ । त्यस्तै महानगरका वडाध्यक्षको टुंगो पनि केन्द्रले नै लगाउने गरी कार्यबिधी बनेको सचिव गोकर्ण विष्टले बताए ।

नगरपालिका र गाउँपालिका प्रमुख तथा उपप्रमुख उम्मेदवारको टुंगो सम्बन्धित गाउँ तथा नगर कमिटी, जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले लगाउने विष्टले बताए । एमालेले नगर तथा गाउँपालिकाका वडा अध्यक्ष र सदस्यको उम्मेदवार छनोट सम्वन्धि वडा कमिटीको सिफारिसमा गाउँनगर कमिटीको राय सल्लाहमा जिल्ला कमिटीले टुंगो लगाउने निर्णय गरेको छ ।

एमालेले स्थानीय तहमा कोही बागी उम्मेदवार उठे समर्थक प्रस्तावकसहित कारबाही गर्ने चेतावनी दिएको छ ।

चुनाव हुन्छः ओली

बैठकले निर्वाचन आचारसंहिता विपरित बिभिन्न मन्त्रालयबाट बजेट रकमान्तर गर्ने काम भइरहेको भन्दै आपत्ति जनाएको छ । बैठकमा पार्टी अध्यक्ष ओलीले पछिल्लो समयमा भएका वार्ताहरुको बारेमा जानकारी दिँदै चुनाव तोकिएकै मितिमा हुने आँकलन सुनाएका थिए ।

उनले चुनाव रोक्न आन्तरिक र बाहृय चलखेल भए पनि रोकिने अवस्था नरहेको भन्दै सबै शक्ति चुनाव केन्दि्रत गर्नुपर्ने बताएका थिए । चुनाव नहुनुपर्ने अवस्था नरहेकाले चुनाव हुन्छ भनेरै पार्टीले उम्मेदवार तोक्ने मापपदण्ड तय गरेको एमाले नेताहरुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment