Comments Add Comment

भैरहवा विमानस्थलको क्षतिपूर्ति चिनियाँ कम्पनीले तिर्ने

१० चैत, भैरहवा । राष्ट्रिय गौरवको आयोजना रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य बन्द अवधिभरको क्षतिपूर्ती चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले तिर्ने भएको छ ।

चिनियाँ कम्पनी र नेपाली कम्पनी नर्थ वेस्ट इन्फ्रा नेपाल प्रालिबीच रकमको विवादका कारण एक हप्ता अघिदेखि विमानस्थलको निर्माण कार्य रोकिएको छ ।

नाप जाँच जारी

चिनियाँ र नेपाली दुबै कम्पनीबीच विवादले काम रोकिएपछि नेपाली कम्पनीले निर्माण गरेका संरचनाहरुको नाँपजाँच कार्य जारी छ । नाँपजाँच सकिएको एक हप्ताभित्र नेपाली कम्पनीले चिनियाँ कम्पनीलाई बिल बुझाएर भुक्तानी लिने सहमति भएको विमानस्थलका आयोजना प्रमुख ओम शर्माले बताए ।

‘हामीले विमानस्थल निर्माण कार्यको ठेक्का चिनियाँ कम्पनीलाई दिएका हौं । उसले आफू मातहत कसलाई राख्छ, कसलाई राख्दैन त्यो हामीलाई थाहा भएन,’ उनले भने, ‘मुल ठेकेदार चिनियाँ कम्पनीबाट निर्माणकार्य प्रभावित भएको देखिएको छ त्यसकारण बन्द अवधिभरको क्षतिपूर्ति उसले नै तिर्छ ।’

चिनियाँ कम्पनीले पूर्वनिर्धारित समयभित्र निर्माणकार्य सम्पन्न गरे क्षतिपूर्ती नलाग्ने यदि बढी समय लागेमा कम्पनीले क्षतिपूर्ती तिर्नुपर्ने शर्माको भनाइ छ ।

निर्माणाधीन विमानस्थलका आयोजना प्रमुख शर्माले विमानस्थलको निर्माण कार्य बन्द हुनुमा चिनियाँ कम्पनी दोषी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment