Comments Add Comment

नेपाली सेनालाई हेभी इक्विपमेन्ट उपलब्ध गराउने चीनको बचन

नेपाल र चीनका रक्षामन्त्रीबीच सिंहदरबारमा भेट

१० चैत, काठमाडौं । चीनले शान्ति सेना र विपद व्यवस्थापनका लागि नेपाली सेनालाई आवश्यक पर्ने सामाग्रीहरु उपलब्ध गराउने बचन दिएको छ ।

बिहीबार मात्र नेपालको तीन दिने भ्रमणका आएका चिनियाँ रक्षामन्त्री जनरल चाङ वानक्वानले नेपाली समकक्षी बालकृष्ण खाँडलाई भेटेर सहयोगको बचन दिएका हुन् ।

रक्षा मन्त्रालयमा भएको भेटमा चिनियाँ रक्षामन्त्री चाङले शान्ति सेनाका साथै विपद व्यवस्थापन र विकास निर्माणका काम गर्दा आवश्यक पर्ने हेभी इक्विपमेन्टहरु उपलब्ध गराउने बताएका हुन् । ‘हामीले लिस्ट लिएपछि उनीहरुले उपलब्ध गराउनुहुन्छ,’ भेटपछि रक्षामन्त्री खाँडले भने ।

उनका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री प्रचण्डबीच बेइजिङमा हुने भेटवार्तामा पनि सैन्य सहयोयबारे थप छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment