Comments Add Comment

रुपन्देहीमा साढे ४ लाख मतदाता, २०६ मतदान स्थल

 

१० चैत, भैरहवा । स्थानीय तहको निर्वाचनमा ४ लाख बढी मतदाताका लागि २०६ वटा मतदाता स्थल छनौट गरिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्लामा एक उपमहानगरपालिका, ५ नगरपालिका र १० गाउँपालिका गरी १६ स्थानीय तह कायम गरिएको छ ।

त्यस्तै जिल्लामा ४ लाख ६५ हजार ३ सय १९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हुमनाथ गौतमले बताए । २०७० सालको संविधान सभाको निर्वाचनमा २०८ वटा मतदान केन्द्र कायम गरिएको थियो भने ३ लाख ८८ हजार ३१६ मतदाता थिए । विगत भन्दा अहिले मतदाताको संख्या बढेको छ ।

उनले एउटै मतदाताको दुई जिल्लामा नामवली दर्ता भएको देखिएमा एकिन गरिएको मतदाता संख्यामा केही कमि आउन सक्ने बताए ।

‘यदि कुनै एक व्यक्तिले रुपन्देही र अन्य कुनै जिल्ला गरी दुई स्थानमा मतदाता नामवली दर्ता गराएका छन् भने उनीहरु नामवली यस जिल्लाबाट हट्ने भएको हुदाँ एकिन गरिएको मतदाता संख्याबाट केही मतदाता संख्या घट्न सक्छ’ उनले भने ।

उनका अनुसार एक हजार मतदाता संख्या बराबार एक मतदाता केन्द्र रहने छ ।

चालु आर्थिक वर्ष ०७३/०७४ फागुन ९ गते अर्थात निर्वाचन आयोगले फोटो सहित मतदाता नामवली दर्ता गर्न दिएको अन्तिम म्याद सम्म जिल्लामा २२ हजार २१९ जनाको फोटो सहित मतदाता नामवली दर्ता गरिएको निर्वाचन अधिकृत गौतमले बताए ।

उनले जिल्लामा कुल मतदाताको संख्या ४ लाख ७६ हजार ७६४ पुगेपनि त्यसमध्ये ११ हजार ४४५ जना मत दान गर्नको लागि अयोग्य ठहरिहँदा ४ लाख ६५ हजार ३ सय १९ मतदाता रहेका छन् ।

मतदाता नामवली दर्ता गर्ते मितीसम्म १८ वर्ष नपुगेका व्यक्तिहरु मतदान गर्न नपाउने भएको कारण उनीहरु अयोग्य ठहरिएका हुन् । मतदान गर्नका लागि १८ वर्ष उमेर पुगेको हुनुपर्छ ।

त्यस्तै ०७० सालको निर्वाचन पछि ३ हजार ७१६ मतदाताको मृत्यु भएको छ भने २१२ मतदाताले ठेगाना परिवर्तन गराएर अन्य जिल्ला गएका छन् । त्यस्तै अन्य जिल्लाका १७० जना मतदाताले रुपन्देही जिल्लामा नामवली दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment