Comments Add Comment

प्रधानमन्त्री र चिनियाँ रक्षामन्त्रीबीच भेट, ‘वान बेल्ट वान रोड’मा साझेदार बन्न नेपाल इच्छुक

१० चैत, काठमाडौंं । प्रधानमन्त्री प्रचण्ड र नेपाल भ्रमणमा आएका चीनका रक्षामन्त्री जनरल चाङ वान क्वानबीच बिहीबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको शिष्टाचार भेटमा प्रचण्डले नेपाल र चीनबीच लामो समयदेखि गहिरो आत्मीय सम्बन्ध रहँदै आएको बताउँदै चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ परियोजनामा साझेदार बन्न नेपाल इच्छुक रहेको बताए ।

भेटमा प्रधानमन्त्रीले एक चीन नीतिप्रति नेपालको दृढ समर्थन रहँदै आएको बताउँदै चीनको अभिन्न अंग तिब्बत र ताइवान विरोधी गतिविधिको सधै नेपालले विरोध गर्ने प्रष्ट पारे ।

नेपालको राजनीतिक स्थायित्व र आर्थिक विकासका लागि चिनियाँ सहयोग महत्वपूर्ण रहेको बताउँदै सहयोगप्रति आभार व्यक्त गरे ।

नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच विकसित सम्वन्धप्रति प्रधानमन्त्रीले सन्तोष व्यक्त गरेका थिए ।

प्रधानमन्त्रीले रक्षामन्त्री चाङको नेपाल भ्रमण पूर्णसफलताको कामना गरेका थिए ।

भेटका अवसरमा रक्षामन्त्री जनरल चाङ वानक्वानले पनि प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको सफलताको कामना गरेका थिए ।

नेपाल सरकार र नेपाली जनताले चीनप्रति देखाएको सदभाव र आत्मीय सम्बन्धप्रति आभार व्यक्त गर्दै उनले ताइवान र तिब्बत मामिलामा चीनप्रति नेपालको बलियो समर्थनका लागि धन्यवाद समेत दिए । ‘वान बेल्ट वान रोड’मा सहभागिताका लागि पनि जनरल चाङले धन्यवाद व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपालको तीन दिने भ्रमणका लागि बिहीबार दिउासो काठमाडौं आइपुगेका चिनियाँ रक्षामन्त्रीले बिहीबार नै समकक्षी बालकृष्ण खााडसाग भेटवार्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment