Comments Add Comment

एमालेलाई प्रचण्डको प्रस्तावः सीमांकन होल्ड गर्छु, अरु विषयमा सहयोग गर्नुस्

फाइल तस्वीर

१० चैत, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले प्रमुख विपक्षी दलसामू सीमांकनलाई थाती राखेर अन्य विषयमा संशोधन प्रस्ताव अघि बढाउने प्रस्ताव राखेको छ । यसप्रति एमाले सकारात्मक देखिएको छ । तर, प्रधानमन्त्रीले चाहेको जस्तो आजै चीन जानु अघि सम्भव नभएको बताएको छ ।

प्रधानमन्त्री प्रचण्ड साताब्यापी चीन भ्रमणका लागि आज राति त्यसतर्फ जाँदैछन् । त्यसअघि संविधान संशोधन र स्थानीय चुनावका लागि सहमति जुटाउने प्रयासमा मधेसी मोर्चा र विपक्षी दलका नेताहरुसँग छलफल गरेका छन् ।

सभामुखको कार्यकक्ष सिंहदरवारमा भएको भेटमा प्रचण्डले सीमांकनलाई थाती राखेर अन्य विषय अघि बढाउने भन्दै सकारात्मक भइदिन आग्रह गरेका थिए । एमालेबाट अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष बामदेव गौतम सहभागी उक्त भेटमा कांग्रेस नेता एवं कार्यदल सदस्य कृष्णप्रसाद सिटौलाले अहिलेसम्म भएका गृहकार्यबारे बि्रफिङ गरेका थिए ।

भेटपछि एमाले उपाध्यक्ष गौतमले भने, ‘उहाँले सीमांकन होल्ड गर्छौ । अरु विषयमा सहयोग गर्नुपर्‍यो भन्नुभयो । हामीले संविधान विपरित भएकाले विरोध गरेका हौं । संवैधानिक प्रक्रियाको हामी विरोध गर्दैनौं भनेका छौं ।’

तर, प्रचण्डले चाहेको जस्तै चीन जानु अघि आजै सहमति हुन नसक्ने एमालेले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment