Comments Add Comment

क्रान्तिकारीले स्ववियु विजेतालाई चुनाव प्रचार गर्न पठायो

ऊर्जामन्त्रीले माओवादी केन्द्रको झण्डा दिएर विदाइ गरे

१० चैत्र, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले गत स्ववियु निर्वाचनका विजेताहरुलाई सम्मान गर्दै स्थानीय निर्वाचनको अभियानका लागि विदाई गरेको छ ।

अखिल क्रान्तिकारीले बिहीबार तीन नम्बर प्रदेशका २४ कलेजमा स्ववियु चुनावमा जितेका संगठनका २५१ जना नेता-कार्यकर्ताहरुलाई सम्मान तथा विदाई कार्यक्रम आयोजना गरेको थियो ।

उनीहरुलाई माओवादी केन्द्रका नेता एवं ऊर्जामन्त्री जनार्दन शर्माले प्रमाणपत्रसहित सम्मान गर्दै पार्टीको झण्डा दिएर चुनावी अभियानका लागि विदाई गरे । सबैलाई माओवादी केन्द्रको चुनाव चिह्न गोलाकार भित्रको हंसिया हथौडा अंकित झण्डा प्रदान गरिएको थियो ।

अखिल क्रान्तिकारीले काठमाडौं उपत्यकाका पुल्चोक, थापाथली, सानोठिमी जस्ता ठूला क्याम्पससहित ३ नम्बर प्रदेशका दुई दर्जन कलेजमा स्ववियु अध्यक्ष जितेको थियो ।

अब स्ववियुको ऊर्जा लिएर क्रान्तिकारीका सबै नेता कार्यकर्ताहरु स्थानीय निर्वाचनमा परिचालित हुने क्रान्तिकारीका केन्द्रीय सचिव एवं प्रदेश संयोजक विजय गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment