Comments Add Comment

सगूनमा लगानी गर्ने देशहरुमा अष्ट्रेलिया तेस्रो


सिड्नी । अमेरिकाबासी नेपालीहरुले सञ्चालनमा ल्याएको सामाजिक सञ्जाल सगूनको शेयरमा अष्ट्रेलियाबाट उत्साहजनक लगानी भएको छ ।

सगूनमा लगानीको आधारमा अष्ट्रेलियाबासी तेस्रो स्थानमा रहेको सगूनका अष्ट्रेलिया संयोजक खेमराज पंगेनीले जानकारी दिए ।

लगानीका आधारमा अमेरिका पहिलो र दक्षिण कोरियाबासी दोस्रो स्थानमा छन् ।

सगूनले गत फेब्रुअरी ९ देखि मिनी आईपीओमार्फत विश्वभरका सर्वसाधारणका लागि शेयर बिक्री गर्दै आएको छ ।

हालसम्म विश्वका बिभिन्न देशहरुबाट २ हजार २ सय भन्दा बढी व्यक्तिहरुले २ दशमलव १ मिलियन डलरभन्दा बढी रकम लगानी गरिसकेका सगूनका संस्थापक गोविन्द गिरीले बताए ।

सूगनले अमेरिकाको सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिशनबाट स्वीकृत लिएर आफ्नो शेयर बिक्री गर्दै आएको छ । पहिलो चरणमा नेपाली समुदायमा उपलब्ध गराउने गरी व्यवस्था मिलाइएको गिरीले बताए ।

सगूनको शेयर बिक्री कार्यक्रम यही मार्च २७ मा बन्द हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment