Comments Add Comment

‘हरेक मतदाता र उम्मेदवारले महसुस गर्ने निर्वाचन सुरक्षा रणनीति तयार’

१० चैत, काठमाडौं । गृह मन्त्रालयले हरेक मतदाता तथा उम्मेदवारलाई सुरक्षा प्रत्याभूति हुने गरी स्थानीय चुनावका लागि सुरक्षा रणनीति बनाएको बताएको छ ।

गृह मन्त्रालका अधिकारीहरुले बिहीबार निर्वाचन सुरक्षा रणनीतिबारे निर्वाचन आयोगका पदाधिकारीहरुलाई वि्रफि्रङ्ग गर।ेको छ । गृह सचिव लोकदर्शन रेग्मीले क्षेत्रीयस्तरदेखि वडास्तरसम्म सुरक्षा व्यवस्था मिलाएकाले कसैले पनि सुरक्षाका बारेमा चिन्ता गर्नुपर्ने अवस्था नभएको दाबी गरे ।

गृहको सुरक्षा योजना र रणनीतिप्रति निर्वाचन आयोगले पनि सन्तोष जनाएको छ । यस्तै केही विषयमा थप स्पष्ट गर्न र कार्यान्वयन योग्य सुरक्षा योजनालाई प्राथमिकता दिन पनि सुझाव दिएको आयोगले जनाएको छ ।

आयोगले मतदानपछि मतपेटिका ढुवानी, मतगणना लगायतको सुरक्षा तथा समग्र निर्वाचनको व्यवस्थापनमा सचेत र चनाखो रहन गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

छलफलमा गृह सचिव लोकदर्शन रेग्मी, प्रहरी निमित्त प्रमुख डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी प्रमुख सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका निर्देशक दिलीपराज रेग्मी र नेपाली सेनाका उपरथी विनोदकुमार श्रेष्ठ लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment