Comments Add Comment

लाप्राकमा नमुना बस्ती बनाउन एनआरएनले पायो स्वीकृति

लाप्राक एकीकृत वस्ती विकाश गुरूयोजना अनावरण गर्दै प्रधानमन्त्री प्रचण्ड र एनअारएन अध्यक्ष

१० चैत, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गोरखाको लाप्राकमा नुमना बस्ती निर्माण बनाउन गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई स्वीकृत दिएको छ ।

प्राधिकरण अन्र्तगतको भूकम्प प्रतिरोधी निजी आवास मापदण्ड निर्धारण समितिको बिहीबारको बैठकले भूकम्प प्रतिरोधी घरको नक्साको डिजाइन थप परिमार्जन गर्ने सर्तमा संघलाई नमुना बस्ती निर्माण गर्ने स्वीकृती दिएको हो ।

प्राधिकरणका कार्यकारी समिति सदस्य डा. हरिराम पराजुली संयोजकत्वको समितिले नमुना घरको डिजाईनमा केही परिमार्जन गरस् पेश गर्ने सर्तमा बस्ती निर्माणको प्रक्रिया अघि बढाउन बाटो खुला गरेको हो ।

गैरआवासीय नेपाली संघले गोरखाको लाप्राकमा भूकम्प पिडितका लागी करिब ६ सय नमुना घर बनाउने घोषणा गरेको थियो । करिब ३५ करोडको लागत अनुमान गरिएको नमुना बस्ती आगमी अक्टोवरसम्म निर्माण सम्पन्न गरिसक्ने संघको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment