Comments Add Comment

५ सय फिल्ममा द्वन्द्व निर्देशन गरेका खड्गी गिनिज बुकमा नाम लेखाउने तयारीमा


द्वन्द्व निर्देशक राजेन्द्र खड्गी गिनिज बुकमा आफ्नो नाम लेखाउने तयारीमा छन् । पाँच सयभन्दा बढी चलचित्रको द्वन्द्व निर्देशन गरेका खड्गी प्रारम्भमा गोपाल भुटानीको सहायक भएर नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए ।

‘मलाई लाग्छ पाँच सय चलचित्रमा एक्सन निर्देशन गर्ने मान्छे विश्वमै म बाहेक अरु छैन होला’, खड्गीले भने । गिनिज बुक अफ वर्ल्डका लागि काम गरेको प्रमाण स्वरुप धेरै कागजपत्र तयार पार्न पर्ने भएकाले अहिले त्यही काम गरिरहेको उनको भनाइ छ ।

द्वन्द्व निर्देशनको साथै उनी अभिनय र नृत्यमा समेत संलग्न छन् । उनले एक चलचित्र निर्देशन गरे पनि त्यो सफल हुन सकेन । प्रेमकथामा आधारित नयाँ चलचित्र निर्देशन गर्ने तयारीमा रहेका खड्गी नयाँ चलचित्र रिलिज अघि नै गिनिज बुकको काम सक्ने बताउँछन् ।

‘जानेर होस् या नजानेर मैले पाँच सय चलचित्रमा फाइट डाइरेक्सन गरेको रहेछु । अहिले त्यही कुरा पुष्टि गर्दै छु’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment