Comments Add Comment

ओप्पोद्वारा डुअल सेल्फी कयामेरासहितको एफथ्री प्लस सार्वजनिक

नेपालमा मार्च २४ देखि प्रि-बुकिङ शुरु

१० चैत, काठमाडौं । निरन्तर नवप्रबर्तन उन्मुख वैश्विक स्मार्टफोन ब्राण्ड ओप्पोले नयाँ सेल्फी एक्स्पर्ट एफथ्री प्लस सार्वजनिक गर्दै गु्रप सेल्फी ट्रेण्डको शुरुवात गरेको छ ।

सार्वजनिक गरिएको एफथ्री प्लसमा ब्राण्डको पहिलो डुअल सेल्फी क्यामेरा समाहित गरिएको छ । कम्पनीले यसमा १ सय २० डिग्री वाइड एङ्कल सहितको गु्रप सेल्फी क्यामेरा उपलब्ध गराएको हो । पहिलो चरण अन्तर्गत भारत लगायत ईन्डोनेशिया, फिलिपिन्स, भियटनाम र म्यानमारमा कार्यक्रम आयोजित गरी कम्पनीले नयाँ फोन सार्वजनिक गरेको हो ।

फोन सार्वजनिकका लागि आयोजित कार्यक्रममा ओप्पोका लागि नयाँ ब्राण्ड एम्बेसेडर यूथ आइकन तथा बलिउड स्टार दिपिका पादुकोण र चिर परिचित फोटोग्राफर डब्बु रत्नानीले आफ्नो सेल्फी अनुभवपनि साटेका थिए । फोनको विक्रिका लागि कम्पनीले नेपाली बजारमा मार्च २४देखि प्रि बुकिङ शुरु गर्ने जानकारी दिएको छ ।

ओप्पो एफथ्री प्लसले क्रान्तिकारी डुअल सेल्फी प|mण्ट क्यामेरा मार्फत उत्कृष्ट गुणस्तरिय सेल्फी लिन सघाउने कम्पनीको दावी छ । कम्पनीले नयाँ फोनमा सेल्फीका लागि १६ मेगा पिक्सेल क्षमता सहितको क्यामेराका साथै गु्रप सेल्फीका लागि १ सय २० डिग्री वाइड एङ्गल लेन्स उपलब्ध गराएको छ ।

कम्पनीले फोनमा उपलब्ध गराएको रियर क्यामेरा सोनीसँगको सहकार्यमा विकास गरेको हो । यसमा उपलब्ध गरिएको कस्टमाइज्ड आईएमएक्स३९८ सेन्सर सिरियर फोटोग्राफी लक्षित रहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार एफथ्री प्लस उत्कृष्ट कार्यक्षमता, आकर्षक, सुरक्षित, टिकाउ तथा अहिलेको मागलाई विशेष ध्यानमा राखि विकसित स्मार्टफोन हो ।

‘भरखरै सार्वजनिक एफ सिरिज अन्तर्गतका सेल्फी एक्स्पर्टको साथमा ओप्पो सेल्फी क्रान्तिका लागि उद्योगकै अग्रणाी हो ।’ ग्लोबल भीपी तथा ओप्पो ईन्डियाका अध्यक्ष स्काई लीले भने ‘हाम्रो ब्राण्ड दक्षिणपूर्वी एसिया तथा विश्वका अन्य क्षेत्रमा तिब्र गतिमा बृद्धि हासिल गरिरहेको छ ।’

जीएफकेको तथ्याङ्क अनुसार गत बर्ष ओप्पो भारतिय अफलाइन बजारमा दोस्रो स्मार्टफोन ब्राण्डका रुपमा स्थापित भइसकेको उनले बताए । डुअल सेल्फी क्यामेरा एफथ्री प्लसले ग्रुप सेल्फी ट्रेण्डका लागि नयाँ जग बसाल्दै ओप्पोलाई सेल्फी एक्स्पर्टका रुपमा आफ्नो स्थान थप दरिलो बनाउन सघाउने उनले विश्वास ब्यक्त गरे ।

नयाँ फोनमा कम्पनीले १/३ ईन्च सेन्सर उपलब्ध गराएको छ । यसले तस्विर खिच्दा पर्याप्त प्रकाशको ब्यवस्था गर्दै उत्कृष्ट फोटो खिच्न सघाउँछ । फोनमा रहेको क्यामेरामा उत्कृष्ट डेप्थ अफ फिल्ड इफेक्टका लागि एफ/२.० एपर्चर उपलब्ध गरिएको छ । यसले विषयलाई फोकसमा पारी पृष्ठभूमीलाई आवश्यक मात्रामा धमिलो बनाउने गर्छ ।


ग्रुप सेल्फीका लागि फोनमा ८ मेगा पिक्सेल क्षमताको १ सय २० डिग्री वाइड एङ्गल सहितको विशेष क्यामेरा उपलब्ध गरिएको छ । कम्पनीका अनुुसार यो क्यामेराले साधारण ८० डिग्री लेन्स फिल्ड अफ भ्यू भएका क्यामेराका तुलनामा १ सय ५ प्रतिशत बढी क्षेत्र समेट्न सक्छ ।

यसले गर्दा तस्विरमा बढी मानिस समेटिन सकिन्छ । फोनमा उपलब्ध गरिएको ६पी लेन्सले यी तस्विर अझ उत्कृष्ट बनाउन सघाव पुर्‍याउँछ ।

फोनमा ब्यूल्ट इन स्मार्ट फेसियल रेकग्निसन फिचरपनि उपलब्ध गरिएको छ । यसले प्रयोगकर्तालाई तीन भन्दा बढी मानिस प|mेममा देखिँदा ग्रुप सेल्फी मोडको प्रयोग गर्न सुझाउँछ ।

फोनमा रहेको रियर क्यामेरापनि उत्कृष्ट रहेको छ । १६ मेगा पिक्सेल क्षमता सहितको यो क्यामेराले तिब्र गतिमा फोकस गर्नुका साथै न्वाइज रिडक्शन तथा कम प्रकाशमा समेत उत्कृष्ट प्रदर्शनी दिन्छ ।

यो क्यामेरामा डुअल पीडीएएफ प्रविधि उपलब्ध गरिएको छ । एफ/१.७ एपर्चर सहितको यो क्याम्ेराले गुणस्तरिय तस्विर लिन सघाउँछ ।

फोनमा कम्पनीले ४ हजार एमएएच क्षमताको ब्याट्री उपलब्ध गराएको छ । यसले २ सय ८४ घण्टाको स्ट्याण्डबाई टाइम दिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको भीओओसी फ्ल्यास चार्जिङ समाधान उपलब्ध गरिएका कारण यो फोन साधारण ब्याट्रीका तुलनामा ४ गुणा चाँडै चार्ज हुन्छ । कम्पनीका अनुसार प्रयोगकर्ताले मात्र ५ मिनेट ब्याट्री चार्ज गरी २ घण्टा सम्मको टक टाइम पाउन सक्छन् ।

ओप्पो एफथ्री प्लसमा ४ जीबी र्‍याम र ६४ जीबी रोमका साथै ओक्टा कोर प्रोशेसर उपलब्ध रहेको छ । उपभोक्ताले अतिरिक्त सञ्चय क्षमताको आवश्यकता परेमा यसलाई २ सय ५६ जीबी सम्म माइक्रो एसडी कार्डको माध्यमबाट बढाउन सक्ने सुविधापनि उपलब्ध रहेको छ ।

ओप्पोको ओप्टिमाइज्ड कलर ओएस ३.० प्रणालीले कम शक्ति खपतबाटै तिब्र गति र उत्कृष्ट कार्यक्षमता प्रदर्शन गर्छ । साथै फोनको सुरक्षार्थ यसमा ब्यूल्ट इन प्राइभेसी प्रोटेक्शन फिचर र आभास्टमा आधारित भाइरस स्क्यानरपनि उपलब्ध गरिएको छ ।

फोनमा कम्पनीलेे बजारकै तिब्र लाइटनिङ फास्ट टच एक्सेस उपलब्ध गराएको छ । साथै, मात्र ०.२ सेकेण्डमा अनलक हुन होम बटन फिङ्गर पि्रण्ट रिडरपनि फोनमा जडान गरिएको छ ।

मेटल यूनिबडी डिजाइन रहेको यो फोन बोक्नपनि निकै आरामदायी छ । ६ ईञ्च, २.५ कोर्निङ गोरिल्ला ग्लास फाइभमा कम्पनीले प्रि एप्लाइड स्कीन कोटिङपनि उपलब्ध गराएको छ । यसले फोनलाई पि्रमियम लुक्स दिनुका साथै थप आकर्षक र सुरक्षित समेत बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment