Comments Add Comment

बर्दिबास पुगेर बाबुरामले भने- मेरो डिएनएमा राष्ट्रियता छ

 

१० चैत, बर्दिवास । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले कुनै एउटा जाति मात्र नेपाली अरु अनेपाली भन्ने अहंकारवादी सोचले देशमा विखण्डनको बिउ रोपेको बताएका छन् ।

राष्ट्रिय एकताको लागि भन्दै नयाँ शक्तिले सुरू गरेको हिमाल, पहाड, तराई/मधेस राष्ट्रिय अभियान लिएर बिहीबार महोत्तरीको बर्दिवास पुगेका उनले भने, ‘यो देश मेरा बाउबाजेले बनाएको हो, म राष्ट्रवादी हुँ, मेरो रगतमा, मेरो डिएनएमा राष्ट्रियता छ, म यो देशलाई बचाएर एकताबद्ध बनाएर राख्छु ।’

उनले अघि भने, ‘तर, मलाई राष्टघाती भन्नेहरुको डिएनए टेष्ट गर । तिमीहरुको राष्ट्रियता के हो ?’

उनले सीता, गौतमबुद्ध सबैलाई नेपाली भनेर गर्व गर्ने समुदायले मधेसमा बस्ने मधेसीलाई गैरनेपाली देख्नु नै गलत भएको बताए ।

संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक लोकतन्त्र सबैलाई विदेशीले ल्याइदिएको भन्नेहरुप्रति प्रतिप्रश्न गर्दै उनले अग्रगामी कुराजति विदेशीको र पछाडि परेका कुराहरु चाहिं स्वदेशी भनेर दिल दिमाग भुट्ने गरेको धारणा राखे । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले भने, ‘संघीयता भनेको एउटै घरमा दाजुभाइहरुलाई फरकफरक कोठा दिनुजस्तो मात्र हो, के यसो गर्दा घर टुक्रिन्छ ?घरमा अशान्ति हुन्छ ?

केही बेइमान र ठगहरुले इतिहासलाई बंग्याएर उपलब्धिलाई न्यूनीकरण गरेर भ्रम सिर्जना उनको आरोप थियो ।

आधा गिलास खाली र आधा गिलास भरी छ भनेर आफूले संविधानमा भएको अपूर्णतालाई औंल्याएको भन्दै उनले संविधानलाई पूर्णता दिन आफू निरन्तर संघर्षरत रहेको बताए ।

संविधान संशोधनलाई त्यत्तिकै छाडेर चुनावतिर लैजान सरकारले योजना बनाइरहेको भन्दै भट्टरार्इले भने, ‘मैले प्रचण्डलाई ३० वर्ष झेलेको छु । उहाँ बिहानदेखि बेलुकासम्म कुरा फेर्नु हुन्छ । उहाँ एउटासँग लभ गर्नुहुन्छ र अर्कोसँग विवाह गर्नुहुन्छ तर, मैले जोसँग लभ गरेँ, उसैसँग बिहे गरेँ ।

उनले प्रचण्डलारइ प्रश्न गरे, ‘सत्ताको कुर्सी पाएपछि हिजो माओवादीमा हुँदा गरेको प्रतिवद्धता बिर्सन मिल्छ ?’

नयाँ शक्तिका सहसंयोजक रामचन्द्र झाले एमालेले गलत सन्देश फैलाइरहेको बताउँदै लगाउँदै जनताको भावनाको विपरित कार्यक्रमहरु गरेर जनताले बलिदान दिनुपर्ने अवस्था आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment