Comments Add Comment

अखबारका आवरण पृष्ठः प्रधानमन्त्री चीनतर्फ, दलहरुबीच सहमतिको संकेत

११ चैत, काठमाडौं । शुक्रबार काठमाडौंबाट प्रकाशित दैनिक अखबारका आवरण पृष्ठमा प्रधानमन्त्री पुष्पकमल दाहाल सातदिने भ्रमणका लागि चीन प्रस्थान गरेको समाचारले महत्वपूर्ण स्थान पाएको छ । त्यस्तै चीन जानुअघि प्रधानमन्त्री दाहालले दलहरुबीच सहमतिका लागि गरेको प्रयास सकारात्मक भएको समाचारले पनि प्राथमिकता पाएको छ ।

यससँगै सर्वोच्च अदालतले संवैधानिक इजलाश चाँडो गठन गर्न प्रधानन्यायाधीश सुशीला कार्कीलाई परमादेश जारी गरेको समाचारलाई अन्नपूर्ण पोस्ट् दैनिकले आवरण पृष्ठमा छापेको छ ।

फिरौतीपछि प्रेमिकाको हत्या गरी प्रेमी फरार भएको समाचारलाई नयाँ पत्रिका दैनिकले महत्व दिएको छ । एमालेले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको मापदण्ड तोकेकोलाई राजधानी दैनिकले एंकर न्यूज बनाएको छ ।

नागरिक दैनिकको आवरण पृष्ठमा अर्थ मन्त्रालयले रोकेपछि गृहमन्त्रालयले ठाडो आदेशमा चार अर्बको गाडी किन्ने तयारी गरेको समाचार प्रकाशित छ ।

यस वर्ष व्यापार घाटा ८ अर्बभन्दा बढी हुनेलाई मुख्य समाचार बनाएको कान्तिपुर दैनिकले पाठेघर मुखको क्यान्सको परीक्षण निशुल्क हुने समाचारलाई महत्वपूर्ण स्थान दिएको छ ।

सशस्त्र प्रहरीको रासन भत्तामा भ्रष्टाचार भएकोलाई मुख्य समाचार बनाएको नेपाल समाचारपत्र दैनिकले बैतडीमा टाउको नभएको बच्चा जन्मिएको समाचारलाई आवरण पृष्ठमा छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment