Comments Add Comment

आर्थिक समाचारः दैनिक कार बिक्री ९३ बाट २९ मा सीमित

११ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारीसाधनसम्बन्धी कर्जा (हायरपर्चेज) मा कडाई गरेपछि सवारीसाधन बिक्रिमा त्यसको प्रत्यक्ष असर पर्न थालेको छ ।

कारोबार दैनिकले दैनिक कार बिक्री ९३ बाट २९ मा सीमितलाई मुख्य समाचार बनाएको छ । नयाँ नीतिपछि सवारीसाधन बिक्री करिब दुई तिहाईले घटेको तथ्याङ्कले देखाएको लेखेको कारोबारले केन्द्रको फजुल खर्च प्रदेशमा सर्ने जोखिमलाई पनि उल्लेख गरेको छ । दुई जलविद्युत् आयोजना एकसाथ शिलान्यास भएको लाई लेखेको कारोबारले न्यून गुणस्तरीय सेवा दिए उपभोक्तालाई क्षतिपूर्ति दिनुपर्नेलाई पनि उल्लेख गरेको छ ।

‘निर्माण क्षेत्र महँगियो’लाई मुख्य समाचार बनाएको अन्नपूर्ण पोस्ट् दैनिकले ब्याजदर तत्काल नघट्ने समाचारलाई पनि उल्लेख गरेको छ । अन्नपूर्णले न्यादी जलविद्युत शिलान्यासको समाचारलाई पनि उल्लेख गरेको छ ।

दीगो विकास लक्ष्यमा उच्चस्तरीय समितिलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । पाँचसय कन्टेनर केरुङमा रोकिएकोलाई नागरिकले लेखेको छ । त्यस्तै दुईलाख टन रासायनिक मल ल्याईँदैलाई पनि कारोबारले लेखेको छ ।

व्यवसायीलाई चुनावको चटारोलाई नयाँ पत्रिका दैनिकले लेखेको छ । पेट्रोलियमको मूल्य २ प्रतिशत मात्र थपघटलाई पनि नयाँ पत्रिकाले उल्लेख गरेको छ ।

दीगो विकासका लागि उर्जामा सहकार्यलाई अभियान दैनिकले मुख्य समाचार बनाएको छ । ‘छैन आकर्षण वैदेशिक रोजगार बचतपत्रमा’लाई पनि अभियानले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment