Comments Add Comment

एमाले सांसद दुलारीको आज अन्त्येष्टि गरिँदै

११ चैत, काठमाडौं । बिहीबार साँझ निधन भएकी एमाले सांसद दुलारी देवीको आज अन्त्येष्टि हुने भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म एमाले पार्टी कार्यालय धुम्बाराहीमा दुलारीको शवलाई अन्तिम श्रद्धान्जलि दिएपछि अन्त्येष्टि गरिने एमाले प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिए ।

चैत पाँच गते भारतको सीतामढीमा दुर्घटनामा परेकी सांसद दुलारीको उपचारकाका क्रममा बिहीबार साँझ ललितपुरको बी एण्ड बी अस्पतालमा निधन भएको हो ।

सामान किन्न सीमावर्ती सीतामढी बजारतर्फ मोटरसाइकलमा जाँदा उनी सवार मोटरसाइकललाई भारतको रामनगरा चोकमा ट्रकले ठक्कर दिएको थियो ।

उनीसँगै दुर्घटनामा परेका मोटरसाइकल चालक रवीन्ऽ साहको घटनास्थलमै मृत्यु भएको थियो ।

एमालेको तर्फबाट उनी सर्लाहकी समानुपातिक सांसद हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment